काठमाडौं – सामाजिक सञ्जाल प्रतिबन्ध लगायतका एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू सोमबार संसद भवन छिरे । माइतीघरबाट प्रदर्शनकारीहरू बानेश्वर हिंडेको एक घन्टाभित्रै प्रदर्शनकारीहरू संसद भवन छिरेका हुन् ।
२०६२/०६३ को जनआन्दोलनपछि प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेको पहिलोपटक हो । यसअघि पनि थुप्रै आन्दोलनहरू भए पनि आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अगाडि बढ्न सकेका थिएनन् ।
सामान्य तयारीमा छिट्टै समयमा प्रदर्शनकारीहरू सुरक्षाकर्मीको ब्यारिकेड तोडेर निषेधित क्षेत्रतिर छिरेका थिए । कतिपय प्रदर्शनकारीहरू स्कुले ड्रेसमै सहभागी थिए ।साभार : अखप












