खण्डहर बनेको देउवा निवास…..

काठमाडौं-     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास प्रदर्शनकारीले मंगलबार ध्वस्त बनाएका छन्। पूर्ण क्षति भएको देउवा निवासको घर हेर्नका लागि अहिले पनि नागरिकहरु गइरहेका छन् । देउवाको ध्वस्त भएको घरमा तेस्रो दिन पुगेका कतिपयले खरानी खोस्रिरहेको देखिन्छ। कतिपयले भग्नावेश भएको घरका कोठा कोठा पुगेर क्षति हेरिहेका छन् । मंगलबार प्रदर्शनकारीले देउवाको घर घेरेर आगो लगाएका थिए। घरभित्रै रहेका देउवा र उनको पत्नि आरजु राणा देउवालाई प्रदर्शनकारीले कुटपिट गरेका थिए। देउवा दम्पत्तिलाई सुरक्षाकर्मीले हेलिकोप्टरमा उद्धार गरेको थियो। सुरक्षाकर्मीको सुरक्षा दिएर उनीहरुलाई राखिएको भनेपनि ठाउँ भने हालसम्म खुलाइएको छैन । प्रदर्शनकारीले देउवा निवासमा भएका सामग्रीहरु लाने तथा जलाउने गरेका थिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार