कुख्यात अपराधी जेलबाहिर, समाज त्रस्त…..

काठमाडौं –      जेनजी आन्दोलनको मौका पारेर कारागारबाट यस्तासम्म कैदी भागेका छन्, जसको नाम सुन्दा पनि समाज त्रस्त हुन्छ । अपहरणदेखि व्यक्ति हत्या, तस्करी, बलात्कारसम्मका कुख्यात नाइकेहरू अहिले जेल बाहिर छन् । जेल भित्रैबाट बाहिर आफ्नो गिरोह चलाउने ल्याकत राख्ने कैदीहरू जेनजी आन्दोलनको मौका छोपेर खुला आकाशमा पाइपुगेका छन् । जेलबाट भाग्नेहरूमा अपहरणकारीका नाइके भारतीय नागरिकदेखि सुन तस्करीका नाइकेसम्म छन् । भागेका कैदीको अवस्थाबारे प्रशासन अहिलेसम्म अनभिज्ञ छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै भागेका कैदीबन्दीलाई कारागार फर्कन आग्रह गरेको छ । हिरासतमा रहेका आरोपी, कारागारमा रहेका कैदीबन्दी भागी निस्केकाले यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित प्रहरी वा अन्य सुरक्षा निकायको सम्पर्कमा आउनुहुन अनुरोध गरिएको छ,’ प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ । प्रहरीको यो अनुरोधपछि केही कैदीबन्दी फर्किए पनि कुख्यात कैदीबन्दीहरू भने अझै फरार छन् ।साभार : अखप
अपहरणकारी किङ:  उदय सेट्टी 
गोल्ड डन : गोरे उर्फ चुडामणि उप्रेतीMastermind behind 33 kg gold smuggling case Gore arrested - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles | Republica
बम काण्डका नाइके:  सञ्जय साह टक्ला

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार