पाँचथर समाज सेवा युकेको नवौं केन्द्रिय अधिवेशन तालिका सार्वजनिक

२२ सेप्टेम्बर २०२५,

आस्फोर्ड युके ।

पाँचथर समाज सेवा युकेको नवौँ केन्द्रिय अधिवेशन सम्पन्न गर्नका लागि बनेकोे निर्वाचन समितिका अध्यक्ष नरप्रसाद थाम्सुहाङ, सचिव छबि सेलिङ र धन काम्बाङ सदस्य रहेको निर्वाचन समितिले आइतबार निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

यही आउँदो २८ सेप्टेम्बर २०२५ आइतबारको दिन Sushi Moto Restaurant, Aldershot GU11 1EP मा सम्पन्न हुन गइरहेको छ । तालिका अनुसार २५ सेप्टेम्बर विहान १० बजेदेखि २८ सेप्टेम्बर १२ बजेसम्म उम्मेद्वारी दर्ताको समय दिइएको छ ।

उम्मेद्वारी फिर्ता लिने समय २८ सेप्टेम्बर दिनको साढे १२ बजेसम्म उम्मेद्वारको योग्यता छानबिन गरी सम्बन्धित उम्मेद्वार योग्य भएको वा आवश्यक थप कागजात चाहिने विषयमा जानकारी सोही दिन दिउँसो १ बजेभित्र दिइने छ ।

उम्मेद्वारी दर्ता गर्न चाहनेले pssukelec2025@yahoo.com इमेल मार्फत पेस गरी ०७४५४०१९६९७ मा सम्पर्क गर्नुपर्ने आवेदन दिँदा उपरोक्त उम्मेद्वारको योग्यता सम्बन्धमा उल्लेख गरिएको कागजातहरु इमेल मार्फत अनिवार्य पेस गर्नुपर्नेछ । कागजातको हार्ड कपी २८ सेप्टेम्बर १२ बजेभित्र निर्वाचन समितिलाई पेस गरिसक्नुपर्ने पनि निर्वाचन तालिकामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार