१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना…..

काठमाडौं –      जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । मन्त्रालयले जारी गर्ने परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरुले सहज उपचार पाउनेछन् । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा गएर घाइतेहरुलाई परिचयपत्र वितरण गरे । सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिचयपत्र बाँड्न परिपत्र भएको छ । गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड ‘जेनजी क्लिनिक’ समेत स्थापना गरिएको छ । घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म नि:शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । घाइतेहरुको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरुको संयोजकत्वमा कार्यदल गठन हुनेछ । आइतबार बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । एकपटक उपचार गरी पटकपटक फलोअपमा जानुपर्ने घाइतेहरुका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछन् । जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।

यी हुन् जेन-जी क्लिनिक स्थापना गरिएका अस्पतालहरू:

काठमाडौं उपत्यकामा : वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ ।

कोशी प्रदेशमा : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

बागमती प्रदेशमा : चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

लुम्बिनीमा : भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।साभार : अखप

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार