आस्फोर्ड, युके १९ अक्टोबर २०२५ ।
किरात याक्थुङ चुम्लुङ आस्फोर्ड शाखा यूके ले हिजो १८ अक्सेटुबर सेन्ट साइमम चर्चमा यस वर्षको वलिहाङ तङ्नाम लालिङ्गेक् नाम्लिङ्गेक् “देउसी भैलो” एवम् सांस्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ ।
कियाचुआस्फोर्ड शाखा अध्यक्ष सुन्दर लिङथेपको अध्यक्षता र कियाचु युके केन्द्रीय अध्यक्ष कमला सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरु श्री चिरण राई सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड, किरात राई यायोखा आस्फोर्ड शाखा अध्यक्ष शिवानी राई, लिम्बुवान नागरिक समाज युके अध्यक्ष छत्र वनेम, कियाचु युके थामेदिङ्मा अध्यक्ष मन माया नेम्बाङ, कियाचु युके वेन्सा चुम्भो प्रतिनिधि शुभ नेम्बाङ कियाचु युके केन्द्रिय सचिव सकुन नेम्बाङ, सन्तोष वनेम कियाचु युके केन्द्रीय सल्लाहकारहरु श्रीप्रसाद साम्यो, पदम आङ्बुहाङ, राजेन्द्र खिम्दिङ, नरेन्द्र माबुहाङ, सङ्रक्षक सदस्य डम्बर सिङ्गक आदि रहेका थिए ।
अध्यक्ष सुन्दर लिङ्थेप र प्रमुख अतिथी कमला सेन्दाङ ज्यु को बाहुलिबाट दिप प्रजलन गरि औपचारिक कार्यक्रम लाई उदघाटन गरिएकोथियो । कोषाध्यक्ष शन्त फबेन द्वारा सुरक्षा सम्बन्धी ब्रीफिङ दिएका थिएभने स्वागत मन्तब्य श्री दिवस थोप्राले दिएका थिए, कार्यक्रमलाई सन्चालन सस्थाका सचिब लालहाङ थक्लङ ले गरेकाथिए ।
मन्तब्यको क्रममा प्रमुख अतिथिले संस्कृतिको हस्तान्तरण र पुस्तान्तरणमा यसले सुखद सन्देश दिएको बताएभने शाखा उपाध्यक्ष तुल विक्रम वनेमले आफ्नो परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै विश्वभर रहेका लिम्बू समुदायले एकताका साथ आफ्ना मौलिक पहिचानलाई बचाउनुपर्छ भन्दै आफ्ना मन्तब्य राखेकाथिए ।
लिम्बु समुदायले मनाउने पर्वहरुमा वलिहाङ तङ्नाम पनि मुख्य पर्व मध्येको एक पर्व हो, यसलाई निरन्तता दिदै कियाचु ले हरेक वर्ष मनाउदै आइरहेको छ, यसै पर्वको अवसरमा नेपालबाट आएका कलाकारहरु प्रथम लिम्बुवान आइडल कन्चन थलङ लिम्बू र पदम राई को गीत प्रस्तुति सहित स्थानीय कलाकारहरुको बेजोड गीत तथा नृत्य प्रस्तुतिका साथ, कार्यक्रममा आफ्नो कला एवम् प्रतिभा प्रस्तुत गर्नुहुने सांस्कृतिक विभागका सबै कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । सांस्कृतिक प्रबद्र्धनका लागि स्वेच्छिक हुक्वा चढाइने ब्यबस्था थियो ।













