आईजीपीले पठाए आयोगलाई स्पष्टीकरणको जवाफ…..

काठमाडौँ –     आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको जवाफ पठाएका छन् । बिहीबार खापुङले आयोगमा जवाफ पठाएका हुन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई पहिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । बुधवार कारबाही गर्ने चेतावनी सहित जाँचबुझ आयोग ऐन, २०२६ को दफा–६ किटान गरेर नै अर्को पत्र पठाएको थियो । त्यसपछि आज उनले स्पष्टीकरण पत्र बुझाएका हुन् । आईजीपीले काठमाडौँ उपत्यकामा भदौ २३ मा काठमाडौँको माइतीघर र बानेश्वर क्षेत्रमा परिचालित प्रहरी कर्मचारीको विवरण पनि पठाएका छन् । मागेको विवरण प्राप्त भएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए । उनले भने, ‘आउनुपर्ने विवरण आएको छ । प्रहरी कर्मचारीको विवरण नपठाएमा उनलाई कारबाही गर्न सक्ने अधिकार आयोगलाई थियो । तर, स्पष्टीकरणको जवाफ र खटिएका सुरक्षाकर्मीको विवरण पठाएको हुनाले कारबाही गर्नुपर्ने अवस्था नभएको शर्माले बताए । उनले भने, ‘अब, अन्य अवस्था रहेन । जेनजी प्रदर्शनमा खटिएका कर्मचारीको विवरण माग्दा खापुङले सुरुमा जवान देखी आईजीपी सम्म फिल्डमा खटिएको जवाफ आयोगलाई दिए । त्यसपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणपछि उनले काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई उपत्यका नछाड्न सर्कुलर पठाउँदै त्यसको बोधार्थ आयोगमा पठाए । त्यसपछि आयोगले उनलाई दोस्रो स्पष्टीकरण सोधेको हो । आयोगले बिहीबार एक जना प्रहरी अधिकृतको बयान लिएको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार