कांग्रेस संस्थापन सुन्नै चाहँदैन ५४ प्रतिशतको माग…..

काठमाडौं –     नेपाली कांग्रेसको संस्थापन पक्ष विशेष महाधिवेशन गर्नै नहुनेमा दृढ भए पनि प्रतिनिधिको अधिकारका बारेमा भने मौन छ । विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन् । उक्त मागलाई गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकले औचित्यहीन भनेको छ । १५ मंसिरमा केन्द्रीय समितिले नियमितको कार्यतालिका ल्याएको हुँदा विशेषको औचित्य समाप्त भएको कार्यसम्पादन समितिमा बहुमतले गरेको निर्णयमा भनिएको छ । विधान बमोजिम समयमै नियमित १५औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’ गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य १५ मंसिर २०८२ देखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ,’ कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ । विधानतः विशेष महाधिवेशनका लागि पेस भएको प्रस्तावको समयसीमा तीन महिना हुन्छ । २९ असोजमा विशेष महाधिवशेनको लागि प्रस्ताव दर्ता गरिएको हुँदा उक्त समयसीमा यही २८ पुसमा सकिँदैछ । समयसीमा भित्र विशेष महाधिवेशन गर्नका लागि २७ र २८ पुसको मिति तय गरिएको छ । विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हलको व्यवस्था पनि गरिएको छ । विशेष महाधिवेशन पक्षधरले काठमाडौं उपस्थित हुनका लागि प्रचारलाई व्यापक बनाइरहेका छन् । ‘फोड्न हैन, दम्भ र अहंकार तोड्न । एक्लै चुनााव लड्न सक्ने गरी कांग्रेसलाई जोड्न । २६ गते काठमाडौं जाऔं । विशेष महाधिवेशन सफल बनाऔं ।’ नारा तय गरेर प्रतिनिनिधिहरूलाई काठमाडौं बोलाइएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूको संख्या २ हजार ४८८ छ । उक्त संख्या १४औं महाधिवेशनको बहुमत संख्या हो ।

विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहित कांग्रेसको परिपत्र:

६ माघमा उम्मेदवारको मनोनयन रहेको हुँदा त्यसको तयारीमा लाग्नुपर्ने सिटौलाको जोड छ । उनी थप्छन्,‘पार्टीको निर्णय नमानेर किन काठमाडौं आउने ? आउनु पर्दैन । विशेष महाधिवेशनका लागि ५४ प्रतिशतले हस्ताक्षर गरेका थिए । विशेष महाधिवेशन पक्षधरको दाबी अनुसार उक्त संख्या थप बढ्ने छ । विशेष महाधिवेशन हुने गरी तयारी बढेपछि प्रतिनिधिको हस्ताक्षर फिर्ता गराउन संस्थापन र नेता डा. शेखर कोइराला पक्ष समेत लागेको मागकर्ताहरूको आरोप छ । विशेष महाधिवेशनको हस्ताक्षर संकलन गर्ने अगुवा मध्येका एक नेताले भने, ‘हस्ताक्षर फिर्ता गर्न दबाब दिने क्रम बढेको छ । केही व्यक्तिले फिर्ता लिन पनि सक्छन् । तर, बढ्नेको संख्या धेरै छ । ५४ प्रतिशत बढेर ६४ प्रतिशत माथि पुग्छ । विशेष महाधिवेशनका लागि एक पक्ष तयारीमा लागिरहेको बेला पार्टीले तोकेको कार्यतालिका अनुसार नियमित महाधिवेशनको पक्षमा प्रतिनिधिहरू रहेको देखाउने प्रयास पनि संस्थापनले गरेको छ । भक्तपुरका महाधिवेशन र महासमितिका ३८ प्रतिनिधिले १५औं महाधिवेशनको पक्षमा आफूहरू रहेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । भक्तपुरका सभापति दुर्लभ थापा संस्थापन पक्षका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनको विपक्षीमा पाँच प्रदेश सभापतिलाई सोमबार अघि सारेको छ । कोशीका उद्धव थापा, मधेसका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णाालीका ललितजंग शाही र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले संयुक्त वक्तव्य निकालेर नियमित महाधिवेशनको पक्षमा देखिएका हुन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार