सांसद् बन्न दल बदल, प्रवेश गरेकै दिन टिकट…..

काठमाडौं –      रौतहत-१ मा नेपाली कांग्रेसबाट अनिलकुमार झाले उम्मेदवारी दिएका छन् । उनको पहिचान भने मधेशवादी दलका नेताको छ । हुन पनि ६ माघ बिहानसम्म उनी नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए । दिउँसो कांग्रेससँग सहमति गरेर उम्मेदवारी दर्ता गरे । २०५६ मा सद्भावना पार्टीको सहमहासचिव बनेका उनी संघीय सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), लोकतान्त्रिक समाजवादी (लोसपा) हुँदै एमालेका पुगेका हुन । नेकपा (एमाले)का अम्बिरबाबु गुरुङ पार्टीले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सम्पर्कमा पुगे । नेकपाका तर्फबाट निर्वाचन क्षेत्रमा खटिएका नेता देव गुरुङले अम्बिरबाबुलाई ओखलढुंगाबाट टिकट दिलाए । एमालेका पूर्व सांसद बृजेशकुमार गुप्ताले पार्टी छाडेका छन् । पार्टी छाडेर उनले नेकपाको चुनाव चिह्न तारा लिएर कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गरेका छन् । २०५६ सालमा उनी राप्रपाबाट सांसद निर्वाचित भएका थिए । २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट संविधान सभा सदस्य बने । २०७४ मा एमालेबाट सांसद बने । २०७९ मा उम्मेदवारी दिएका उनले चुनाव जितेनन् । जनता समाजउवादी पार्टी, (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य आत्मराम साहले मंगलबार आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकै दिन बारा–२ को टिकट पाए । संविधान सभा सदस्य रहिसकेका आत्मराम प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ताकै दिन उपेन्द्र यादव नेतृत्वको पार्टी छाडेर प्रभु साह अध्यक्ष रहेको आजपामा प्रवेश गरेका हुन् । उम्मेदवार बन्नकै लागि आत्मरामले दल बदलेको बुझ्न गाह्रो छैन । २१ फागुनका लागि निर्वाचन मिति घोषणा भएयता टिकट पाउनका लागि अर्को दल रोजेका नेताहरूको सूची लामो छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार