टी-२० विश्वकपको दोस्रो खेलमा नेपालले इटलीसँग खेल्दै…..

मुम्बई –    आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ । नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा भिड्न लागेका हुन् । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो । बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी-२०आई भिडन्त हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन । नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन् ।

इटलीसँग १३ वर्षपछि फरक फर्म्याटमा खेल्दै नेपाल:

इटलीसँग १३ वर्षपछि फरक फर्म्याटमा खेल्दै नेपालनेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको बताएका थिए । त्यही सिकाइका साथ अझ परिपक्क हुँदै नेपालले अभ्याससहित ३ दिनको आरामपछि समूह चरणको आफ्नो दोस्रो खेलमा बिहीबार इटलीसँग खेल्दैछ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । त्यसकारण नेपाल र इटली दुवै पहिलो जितको खोजीमा हुनेछन् । यो खेलमा विजयी हुने टोलीले सुपर ८ सम्भावना कायमै राख्नेछ भने पराजित हुने टोलीलाई सुपर ८ को सम्भावना कठिन बन्नेछ । अर्को एउटा रोचक कुरा के छ भने इटलीसँग क्रिकेटमा नेपालको १३ वर्षपछि फेरि भेट हुँदैछ । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो । बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी-२०आई भिडन्त हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार