जनकपुरधाम – फागुन लागेसँगै मौसमी गर्मी पनि बिस्तारै बढ्दैछ । उता प्रतिनिधिसभाको निर्वाचनको दिनगन्ती सुरू हुँदै गर्दा चुनावी सरगर्मी भने झनै बढ्दैछ । यसपटकको निर्वाचनमा झापा-५ सँगै मधेस पनि ‘इपिसेन्टर’ बन्दैछ । किनकि मधेस प्रदेशमा हेभीवेट उम्मेदवारहरूको संख्या निकै छ । सर्लाही-४ नेपाली कांग्रेसका सभापति गगन थापाका कारण चर्चामा छ । उनलाई यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले चुनौती दिँदैछन् ।यस्तै धनुषा-३ मा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र नेकपा एमालेकी नेतृ एवं पूर्व मन्त्री जुलीकुमारी महतो आमनेसामने हुँदैछन् । सर्लाही-२ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महिन्द्र राय यादवबिच प्रतिस्पर्धा हुँदैछ । यसैगरी धनुषा-४ मा एमाले उपमहासचिव रघुवीर महासेठलाई कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवले चुनौती दिँदैछन् । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई उनीबाटै छुट्टिएएका स्वाभिभान पार्टीका सतिश सिंह र जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले टक्कर दिँदैछन् ।साभार :रापा
सर्लाही-४ : गगनलाई अमरेशको चुनौती
धनुषा-३ : निधि, जुली र मनिषबिच त्रिपक्षीय प्रतिस्पर्धा
धनुषा-४ : रघुवीर भर्सेस महेन्द्र
सर्लाही-२ : तेस्रो पटक आमनेसामने हुँदै राजेन्द्र र महिन्द्र
सप्तरी-२ : सीके राउतलाई पनि छैन सहज
महोत्तरी-२ : शरतसिंहलाई किरणको चुनौती












