सुशासनमा रास्वपा निर्मम, प्रश्न उठ्ने बित्तिकै बर्खास्त…..

काठमाडौं –      मन्त्री पदमा बहाल भएको १४ दिनमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदीय भूमिकाबाट बर्खास्त गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री साहको विषयमा उठेका जानकारी सहित सिफारिस गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार पदमुक्त गरेका हुन् । मन्त्री साहले पदीय दुरुपयोग गरेर आफ्नो श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमितता दिने कार्य गरेसँगै उनी विवादमा परेका थिए । पदमुक्त साहले आफ्नो श्रीमतीलाई जिम्मेवारी दिनका लागि रास्वपाको विधान उल्लंघन गरेका थिए । रास्वपाको विधान ७१ ले परिवारका सदस्यलाई नियुक्त गर्न निषेध गरेको छ । विधानको धारा ७१ (२) मा भनिएको छ, ‘पार्टीको केन्द्रीय निकाय र प्रदेश निकायका सदस्यको परिवारबाट पार्टीको कुनै पनि निकाय र पार्टीको तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस वा मनोनीत गरिने छैन । पार्टीका अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिमालले मन्त्री साहले विधानको व्यवस्थाको बर्खिलाप गरेको बताए । मन्त्री साहले गरेको कार्यप्रति सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भएसँगै अनुशासन समितिले उक्त विषयमा उनीसँग जानकारी मागेको थियो । अनुशासन समितिका कार्यवाहक प्रमुख रिमालका अनुसार मन्त्री रिमालले जानकारी दिन आनाकानी गर्ने, अपूर्ण र झुटो विवरण पठाएका थिए । मन्त्री साहले गरेको व्यवहार जनअपेक्षा विपरीत, पार्टीको विधान, कार्यविधि मूल्य, मान्यता, नीति, सिद्धान्तको समेत प्रतिकूल हुन गएकोले आवश्यक कारबाहीका लागि पार्टी सभापति रवि लामिछानेलाई अनुशासन समितिले पत्र पठाएको थियो । अघिल्लो संसदमा समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई रास्वपाले आर्थिक अनियमितता सम्बन्धी अडियो काण्डले पदमुक्त भएका थिए । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मी प्रश्न उठेपछि तत्काल एक्सन लिएर सकारात्मक सन्देश दिएको बताउँछन् । उनी भन्छन्, ‘नातावाद प्रमाणित हुनासाथ कारबाही गर्ने यो निर्णय एकदमै सकारात्मक छ ।साभार : अखप

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार