अदालतले दियाे मुद्दा फिर्ताकाे अनुमति…..

काठमाडौँ –     रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सङ्गठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार लामिछानेको माग अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् । अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । मुद्दा संशोधन भएसँगै अब सहकारी ठगीको मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिनामा लामिछानेसहित जिबी राई र छविलाल जोशीसहित विरुद्ध सङ्गठित अपराधमा अभियोगपत्र दायर भएको थियो । यसअघि कास्की र पर्सा जिल्ला अदालतले लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न अनुमति दिइसकेको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार