नक्कली शरणार्थी प्रकरणमा को के कसुरमा दोषी ?…..

काठमाडाैं –     नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १४ जनालाई दोषी ठहर गरेको छ । ७ जनाले यो मुद्दामा सफाइ पाएका छन् पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहितले दोषी ठहर भएका छन् । यो मुद्दामा कसको के कसुर थियो ?

दोषी ठहर भएकाहरू: केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, र आङटावा शेर्पा

ठगी र संगठित अपराध : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने प्रलोभनमा ठूलो रकम संकलन गरी ठगी र संगठित अपराध गरेको ठहर।

राज्य विरुद्धको कसूर र एकीकृत कसूर : नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुर्‍याएको भन्दै राज्य विरुद्धको कसूर तथा एकीकृत कसूरमा दोषी ठहर।

लिखत किर्ते (केशव प्रसाद दुलाल र सानु भण्डारी मात्र) : बालकृष्ण पन्थी कार्यदलको नक्कली प्रतिवेदन खडा गर्ने र नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्नता पुष्टि भएकोले सरकारी लिखत किर्तेको कसुरमा दोषी ठहर। (सागर राई र आङटावा शेर्पाले किर्तेतर्फ सफाइ पाएका छन्)। टोप बहादुर रायमाझी, टेक नारायण पाण्डे (तत्कालीन गृहसचिव), र डा. इन्द्रजीत राई (सुरक्षा सल्लाहकार)

ठगी र संगठित अपराध: नक्कली भुटानी शरणार्थी बनाउने धन्दा चलाउने व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पुग्ने गरी नीति निर्माण र योजनागत तहमा संलग्न रही ठगी तथा संगठित अपराध गरेको ठहर।

राज्य विरुद्धको कसूर र एकीकृत कसूर: मुख्य कसूरदारहरूसँग मिलेमतो गरी राज्य विरुद्धको कसूर तथा एकीकृत कसूर गरेको ठहर। सन्देश शर्मा र विक्रम भन्ने गोविन्द कुमार चौधरी

ठगी, संगठित अपराध, राज्य विरुद्धको कसूर र एकीकृत कसूर:  पीडितहरूलाई भ्रममा पारी रकम संकलन गर्ने र संगठित रूपमा ठगी गर्ने कार्यमा मुख्य भूमिका निभाएको भन्दै दोषी ठहर । बालकृष्ण खाँण (तत्कालीन गृहमन्त्री)

मतियार (ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूर): रकम लेनदेनको प्रत्यक्ष प्रमाण नदेखिए पनि अनुचित प्रभावमा परी समितिको म्याद थप गर्ने निर्णयमा संलग्न रहेको भन्दै ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा मतियार ठहर। टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मिँया, हरिभक्त महर्जन, र निरञ्जन कुमार खरेल

मतियार (ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूर):

टेकनाथ रिजाल :  नक्कली शरणार्थी कार्डमा सहिछाप गरी ठगीमा सहयोग पुर्‍याएको भन्दै लिखत किर्तेमा मुख्य कसूरदार र ठगी/संगठित अपराधतर्फ मतियार ठहर।

नरेन्द्र केसी : मन्त्रालयका सूचना तथा समाचार शेयर गरी संगठित ठगीमा सहजता पुर्‍याएको भन्दै मतियार ठहर।

शमशेर मियाँ : सरकारी गाडी कसूरदारलाई प्रयोग गर्न दिई भ्रम पैदा गराउन सहयोग गरेको भन्दै मतियार ठहर।

हरिभक्त महर्जन : श्रीमती र सहकारीको बैंक खाता रकम ट्रान्सफरका लागि उपलब्ध गराई सहयोग पुर्‍याएको भन्दै मतियार ठहर।

निरञ्जन कुमार खरेल : बायोमेट्रिक गराउने ठाउँमा उपस्थित रहने र रकम ओसारपसारमा सहयोग गरेको भन्दै मतियार ठहर।

बेचन झा: ठगी कसूरको उद्योग रामशरण के.सी.बाट २ करोडको चेक बुझि लिएको तर खातामा पर्याप्त मौज्दात नभई साटिन नसकेको आधारमा ठगी कसूरको उद्योग (प्रयास) गरेको ठहर। किर्ते, संगठित अपराध र राज्य विरुद्धको कसूरमा निजउपर अभियोग पुग्न सकेन।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार