गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीमा आएको आकस्मिक बाढीले तटीय क्षेत्रमा असर पुर्याएको छ । आइतबार बिहानै आएको बाढीले दोभान, घट्टेखोला, जगत्, सल्लेरी गाउँलगायतका क्षेत्रमा क्षति गरेको छ । यसबारेको अपडेट बुढीगण्डकीको बाढीले ३४१ मेगावाटको निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगायो बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । बाढीले केही उपकरणसमेत बगाएको छ । ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
फेरि थुनियो बुढीगण्डकी:
पानीको बहाव घट्यो बुढीगण्डकी नदी फेरि थुनिएको छ । चुमनुव्री-३ सिर्दिवास क्षेत्रमा केही बेरयता पानीको बहाव निकै घटेको चुमनुव्रीका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए । जलप्रवाह ठप्पैजस्तो बनेको छ । हामी नदीनजिकै छौँ । स्थानीयसँग बुझ्दा पनि पानीको बहाव यसरी घट्दैन भन्ने छ,’ उनले भने ।
३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो:
बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । बाढीले केही उपकरणसमेत बगाएको छ । ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण गर्नेछ । उक्त जलविद्युत् आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको वडा नम्बर ३ मा हुनेछ । बाँध क्षेत्र र विद्युत्गृह बीचमा १० किमी सडक रहेको कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस भूमिगत बनाइने योजना छ ।साभार : ईका












