११ अगष्ट, हङकङ– २५ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघ हङकङद्धारा आदिवासी जनजाती वर्ष पुरुष तर्फ हस्त बहादुर अरुङहाङ र महिला तर्फ रिता गुरुङ सम्मानित भएका छन् ।
जोर्डनस्थित याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष जगत बराम रहेका थिए ।
महासंघका अध्यक्ष किसन राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघमा आवद्ध ११ वटा जातिय संघसंस्था तथा युवासंघका अध्यक्षका साथै एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङले शुभकामना मन्तब्य राखेका थिए ।
मन्तब्य राख्ने क्रममा संघका अध्यक्ष किसन राईले हङकङमा जानजातीमुलका महावाणिज्यदुत चाहिन्छ भनेर हङकङबासी जनजातीहरुले दशकौं देखि राख्दै आएको मागलाई आफुले जोडदार रुपमा उठाउँदै आएको र सम्भवत छिट्टै नै नेपाल सरकारले उक्त मागलाई पुरा गर्नेमा आफु विश्वस्त रहेको बताए ।
त्यस्तै गरी कार्यक्रमका प्रमुख अतिथि जगत बरामले नेपाल सरकार आदिवासी जनजाती तथा दलितहरु प्रति सदियौं देखि अनुदार रहेको आरोप लगाउँदै पछिल्लो समय आएर लोकसेवा आयोगमा रहेको जनजाती, मुस्लिम, दलित तथा महिलाहरुको कोटा कटाएर अझ क्रुर बन्दै गएको बताए । यसै गरि सरकार क्रुर बन्दै जाने हो भने एकदिन आदिवासी जनजातीहरु समानान्तर सरकार चलाउँन बाध्य हुने र जसको लागि आफूहरु तयार रहेको समेत उनले खुलाए ।