सीमा कटेर आएको भन्दै भारतले समातेको चिनियाँ सैनिक चीनलाई सुम्पियो……

सिमाना कटेर आफ्नो भूमिमा आएको भन्दै नियन्त्रणमा लिएको चिनियाँ सैनिकलाई भारतले चीनको जिम्मा लगाएको छ। भारतीय सेनाका अधिकारीका अनुसार ती सैनिकलाई बुधबार बिहान फिर्ता गरिएको हो। गत सोमबार कर्पाेरल वाङ या लोङ नामका ती सैनिक पूर्वी लद्दाखको डेमचोक क्षेत्रबाट भारतको भूमिमा प्रवेश गरेका थिए। एकजना गोठालोलाई याक खोज्न मद्दत गर्ने क्रममा भूलवश उनी त्यहाँ पुगेको बताइएको थियो। भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा ती सैनिकलाई आफ्नो नियन्त्रणमा राख्दा मेडिकल तथा अक्सिजनको सुविधा दिइएको जनाइएको छ। त्यसपछि नियमबमोजिम उनलाई चीनको जिम्मा लगाइएको उल्लेख छ। समाचार एजेन्सी एएफपीका अनुसार बुधबार चिनियाँ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘कर्पाेरल वाङ या लोङलाई बुधबार बिहानै चीनलाई सुम्पिएको छ।’ स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार