१२ अगस्ट २०२५, आसफोर्ड (युके) ।
पाँचथर समाज सेवा युकेको आयोजनामा हुन लागेको १६ औँ वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम फार्नब्रो स्थित ग्रेन्ज स्कूलमा यही अगस्ट ३० तारिख सनिवार सम्पन्न हुने भएको छ ।
वार्षिक भेटघाट तथा सम्मान कार्यक्रममा बेलायतमा रहेका पाँचथरबासीले शिक्षा, साहित्य, खेलकुद, सामाजिक कार्य कुनै पनि पेसा व्यवसायमा वर्षभरिमा प्राप्त उपलब्धिका आधारमा सम्मान गरिने पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्ती लिम्बूले जानकारी दिइन् । यस्तै उत्कृष्ट अंंक ल्याएर सफल भएका समाजका विद्यार्थीलाई शैक्षिक सम्मान गरिने छ ।
उक्त कार्यक्रममा समाजका साँस्कृतिक बिभाग प्रमुख नेपाल तारा उपविजेता तारा लक्सम र पारु राई को गीत प्रस्तुत हुनेछ साथै दर्जन भन्दा बढी पुर्वेली लोकभाकाका गीत र दुई सय जति लिम्बू पालाम रेकर्डिङ गरिसकेका गायिका निरन्ता नेम्बाङ को गीत तथा पालाम बेजोड प्रस्तुति रहनेछ र स्थानीय कलाकारहरु मोडेल एवं डान्सर दिपा योङ्या लिम्बू, डान्सर प्रिया लिम्बूको नृत्य प्रस्तुति रहनेछ ।
यस्तै बाल कलाकारहरुको नृत्य प्रदर्शन सहित सांस्कृतिक प्रस्तुति हुने आयोजकले बताए । पाँचथरबासी बेलायतका विभिन्न संघ संस्थासहित सम्पूर्ण नेपाली समुदायलाई एक आपसमा परिचय, भेटघाट गराएर शुभकामना आदानप्रदान र भलाकुसारी गराउनकै लागि पाँचथर समाज युकेले हरेक वर्ष यो वार्षिक भेला गर्दै आएको बताइएको छ ।
यस कार्यक्रम मा प्रमुख अतिथि डा.नोबल किशोर राई (पुर्व राजदुत- जर्मन ) रहने छ ।












