गाजा पट्टीमा मारिए, महाकालीमा बिलाए…..

कञ्चनपुर-     तिहारको मध्य समय। लक्ष्मीपूजाको रात। घर–घरमा दियो बालिँदै थियो। हर्षोल्लासको उज्यालोले बजार र गल्ली झलमलाइरहेका थिए। तर, भीमदत्त नगरपालिका–३ विचपुरीस्थित एक घर अश्रुपूरित अन्धकारमा थियो। त्यही घर थियो, विपिन जोशीको। उनको घरमा दीपावलीको दीप होइन—शोकको धुवाँ उठिरहेको थियो। घरमा रुवाबासी चलिरहेको थियो। परदेशबाट छोराछोरी घर फर्किंदा कतिपयको घरमा खुसीयाली छाइरहेको थियो। विपिन पनि घर त पुगे तर, बाकसमा लास बनेर। व्यग्रतापूर्वक दाइको प्रतीक्षा गरिरहेकी बहिनी थप मूर्छित बनिन्। इजरायलको बाट दुई वर्षपछि बाकसमा फर्किएका विपिन आज अन्तत: आफ्नै मातृभूमिको माटोमा विलाए। महाकाली नदी भुजेला आर्यघाटमा हजारभन्दा बढी मानिसहरूको उपस्थितिमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरियो। नेपालको राष्ट्रिय झण्डा र इजरायलको झण्डा ओढिएको पार्थिव शरीरले दुई देशबीचको साझा पीडा बोकेको जस्तो देखिन्थ्यो।

दुई वर्षको प्रतीक्षा जब बाकसमा कैद भयो:

सन् २०२३ अक्टोबर ७, त्यो दिन विपिनलाई हमास समूहले नियन्त्रणमा लिएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका उनी कामको सिलसिलामा किबुत्ज क्षेत्रमा थिए। त्यसपछि उनको समाचार आयो, विपिनलाई हमास समूहले लग्यो। अनि लामो प्रतीक्षा सुरु भयो।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार