लुम्बिनी लायन्सको च्याम्पियन यात्रा…..

काठमाडौं-      २७ दिन, ३२ खेल र लुम्बिनी लायन्स नयाँ च्याम्पियन । लिगको सुरुवात देखि फाइनलसम्म उतारचढावपूर्ण यात्रापछि लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ च्याम्पियन बनाएर सम्पन्न भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा फ्लडलाइटमूनि पहिलो पटक भएको एनपीएलमा फाइनल खेल डे-नाइट भएको थियो । फाइनलमा लुम्बिनीले साविक उपविजेता समेत रहेको सुदूरपश्चिममाथि ६ विकेटको एकपक्षिय जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको लुम्बिनीले ८६ रनको लक्ष्य ९ ओभर खेल्दै पूरा गर्‍यो । यस क्रममा लुम्बिनीले ४ विकेट गुमाएको थियो । लिग चरणमा चौथो भएको लुम्बिनीले एनपीएलको च्याम्पियन बन्ने क्रममा सबैभन्दा धेरै १० खेल खेल्यो अनि त्यसमा सुदूरपश्चिमसँगै समान ७ खेलमा जित हात पार्‍यो । लुम्बिनी च्याम्पियन टिम बन्यो । सुदूरपश्चिम फेरि लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो । लुम्बिनीलाई च्याम्पियन बनाएपछि कप्तान रोहित पौडेलले सपना पूरा भएको जस्तै बताए । ड्रि कम ट्रयु जस्तो अनुभव भइराछ । जुन अवस्थामा हामी थियौं ४ गेम पछि १ जित र ३ हार थियो । त्यहाँबाट यहाँसम्म पुग्न भनेको ठूलो अचिभमेन्ट जस्तो लाग्छ र एनपीएल जित्नु लुम्बिनी लायन्सको लागि ठूलो उपलब्धि हो र टिमवर्कको नतिजा हो’ रोहितले पोष्ट म्याच कन्फेरेन्समा भने ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार