नवनियुक्त प्रधान न्यायाधीश शर्माले गरे पदभार ग्रहण…..

काठमाडौँ –     नवनियुक्त प्रधान न्यायाधीश मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरे लगत्तै शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्। वि.सं. २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मिएका नवनियुक्त प्रधान न्यायाधीश डा. शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गनुभएका उहाँले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन्। न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गरेका डा. शर्माले २०७० साल जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए। प्रधान न्यायाधीश डा. शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ।

प्रधान न्यायाधीश शर्माकाे पदभार ग्रहणमा उपस्थित भइनन् न्यायाधीश मल्ल:

प्रधान न्यायाधीश शर्माकाे पदभार ग्रहणमा उपस्थित भइनन् न्यायाधीश मल्लनवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको पदभार ग्रहणमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित भएकी छिन्। प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर असन्तुष्ट रहेकी न्यायाधीश मल्ल मङ्गलबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश शर्मालाई स्वागत गर्ने कार्यक्रममा सहभागी नभएकी हुन् । न्यायाधीश प्रधान उपस्थित नभएपछि वरिष्ठताका आधारमा कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई फुलमाला पहिरिएर स्वागतसँगै अङ्कमाल गरे। केही दिन यता सर्वोच्चमा संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसको विरुद्ध परेको रिटमा दरपीठ भएपछि सो दरपीठ निवेदन उपर निवेदन सर्वोच्च अदालत प्रशासनले होल्डमा राखिदिएपछि सोमबार सतहमा देखिने गरी कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले सर्वोच्च प्रशासनलाई लिखित आदेश दिँदै निवेदन दर्ता गर्न भनेकी थिइन्। उनले लिखित आदेशमा शर्माको निर्देशनमा न्याय सम्पादनमा अवरोध भएको र सोही अनुसार निवेदन दर्ता नभएको आदेशमा उल्लेख गरेकी थिइन्। कार्यसम्पादन मूल्याङ्कनका आधारमा संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।साभार :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार