सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने…..

सप्तरी –    सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ। तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ । यस्तै कार्यालयको अनुमती लिइ सद्वभाव र्‍याली गर्ने प्रयोजनको लागी कर्फ्यू आदेश केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सो समयावधिभित्र हुलदंगा वा अशान्ति फैलाउन वा अन्य कुनै उदेश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस भेला जम्मा भई उछ्शृङ्खल गतिविधि गरे/गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ । सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार