काठमाडौं – भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो । खोलामा बाढी आएसँगै नदी किनारका टहराहरूमा पानी छिरेको छ । पानी छिरेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा लगिएको छ । जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ । बस्ती किनारका केही घरमा पानी पसेपछि हामीले सुरक्षित ठाउँमा सारेका छौं,’ एसपी खड्काले भने, ‘अहिले पनि प्रहरीले त्यहाँ काम गरिरहेको छ । उनका अनुसार, यसअघि आउने भन्दा खोलाको बहाव बढेको हो । बाढीका कारण मानवीय क्षति भने नभएको उनले बताए । अहिले पानी पर्न कम भएको र खोलाको बहाव पनि घटेको उनले बताए ।साभार : अखप












