१ हजार ४१० शव फेला, ६ हजार १४५ अझै सम्पर्कविहीन…..

काठमाडौँ —    भोटेकोशी बाढीमा परी मृत्यु हुनेमध्ये १,४१० जनाको शव फेला परेको छ भने अझै ६ हजार १४५ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण अनुसार चितवनमा ३६४ नवलपरासी पूर्वमा २३२ नवलपरासी पश्चिममा २२२ नुवाकोटमा २०३ रसुवामा १९९ गोरखामा ७८ धादिङमा ७२ तनहुँमा ३८ जनाको शव फेला परेको हो । २ जनाको भने उपचारका क्रममा काठमडौंमा मृत्यु भएको प्राधिकरणले जनाएको छ । जसमध्ये ११० शवको मात्र सनाखत भई परिवारले बुझेका छन् । हाल देशका १९ अस्पतालमा ३४४ जना उपचाररत छन् । प्राधिकरणका अनुसार हालसम्म १३,७५६ जनाको उद्धार गरिएको छ । यस्तै, २७ वटा होल्डिङ सेन्टरमा १,७४३ जनाले आश्रय लिइरहेका छन् । जसमा नुवाकोटमा ८३२ जना रसुवामा ८१७ जना र धादिङमा ९४ जनाले आश्रय लिइरहेका हुन् ।साभार : कास

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार