नागोया – चार वर्षपछि कतारमा भेट्ने वाचासहित २०औं एसियन गेम्स (एसियाड) को आइतबार समापन भएको छ । जापानकोआइची-नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा समापन भएको हो । २०३० मा हुने २१औं संस्करणको आयोजक कतारको दोहालाई झण्डा हस्तानतरण गर्दै २०औं एसियाड समापन भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का शेख बिन जोअन बिन हमाद अल थानीले २०औं एसियाड समापन भएको घोषणा गरे । उनले आयोजक आइची प्रिफेक्चर र नागोया शहरलाई धन्यवाद दिए । यस्तै समापन समारोहमा ओसीए अध्यक्ष थानीले कतारका प्रधानमन्त्री शेह मोहमद बिन अब्दुलरहमान अल थानीलाई टर्च हस्तानतरण गरेका थिए । कतारले दोस्रो पटक एसियन गेम्स आयोजना गर्ने भएको हो । यसअघि सन् २००६ मा कतारको दोहामा एसियन गेम्स आयोजना भएको थियो । सन् २०३० मा कतारमा हुने दोहा एसियाडको उत्कृष्ट भिडियो प्रदर्शनी पनि समापन समारोहका प्रस्तुत गरिएको थियो । चार वर्षपछि २१औं एसियाड आयोजना गर्ने कतारले २०३० मा भेटाैंला भन्दै उत्कृष्ट भिडियो प्रस्तुति समेत देखाइएको थियो । १६ दिन सञ्चलान भएको २०औं एसियन गेम्सका लागि जापानको आइची नागोयामा एसियाका १७ हजार बढी खेलाडी अफिसियलहरू उपस्थित थिए, जहाँ ४६९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास्ट गरिएको थियो । समापन समारोहका २०औं एसियाडको भिडियो हाइलाइट्स देखाइएको थियो । यस्तै विभिन्न सांगितिक प्रस्तुतीहरू पनि देखाइएको थियो । समापन समारोहमा नेपालबाट तेक्वान्दो, जुडो, कुस्ती लगायत खेलाडी मार्च पास्टमा सहभागी थिए ।साभार : अखप












