ललितपुर ११ फागुन
किरातकालिन सभ्यताको सांस्कृतिक धरोहर सानो हात्तिवन माङहिम व्यवस्थापन समितिको छैटौं अधिवेशनबाट पूर्व माननीय दुर्गामणी देवानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । सानो हात्तिवन माङहिमको गुरुयोजना लागू गर्न किराती समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको पहलमा उच्च स्तरीय समिति गठन गरिएको आयोजकहरुले जानकारी दिए ।
ललितपुर जिल्लामा पर्यटकीय दृष्टिकोणले समेत हेर्न र घुम्न लायक स्थलको रुपमा व्यवस्थीत निर्माण र संरक्षण गर्ने महत्वकााक्षी योजना कार्यान्वयनको तहमा रहेको छ सानो हात्तिवन।
अधिवेशनको अवसरमा माङहिम निर्माणमा अहम भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई ताम्रपत्र, आजिवन सदस्य हरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
माङहिमलाई आगामी दिनमा किराती समुदायहरु (राई, लिम्वु, याक्खा र सुनुवार) ले अपनत्व र भातृत्व सिर्जना गर्न मद्धत पुग्ने मनसायबाट सहभागिता र नेतृत्वको तहमा ध्यान पुर्याउने देवानले प्रतिवद्धता व्यक्त गरे ।
रणबिर सुनुवार संयोजक, राम मादेन र जनक राई को सदस्य रहेको निर्वाचन मण्डलले छलफल पश्चात नव निर्वाचित कार्यसमिति हरुको नामवली घोषणा गरे ।
देवानको नेतृत्वमा उपाध्यक्ष भिम ल्यापटेन भिम बहादुर लिम्बू, सचिब जित कुमार लिम्बू, सह- सचिब बबिता राई, कोषाध्यक्ष मोहन सुनुवार त्यस्तै गरी सदस्यहरुमा आशा नेम्बाङ, रेखा तुम्बाहाम्फे, टेक बहादुर काङबाङ, खडक चन्द्र राई, नाराद मणि राई र दिलिप राई रहेका छन्