२० बैसाख काठमाडौ ।
लाउँ लाउँ…, खाउँ खाउँ… र केही गरौ भन्ने उमेरका लक्काजवान मृगौला पिडित निर्मल फियाक लिम्वुको सहयोगार्थ को लागी लिम्वु संस्कृतिमा आधारित केसाङ्ला चलचित्रको विशेष प्रदर्शनी हदैछ । राजधानीको कमलपोखरीस्थीत सिटि सेन्टरको बिग मुभिजमा बैशाख २१ गते गरिव परिवारका निर्मलको उपचारार्थ प्रदर्शन हुन लागेको हो ।
निर्मल भन्छन्: ‘म पनि बाच्न चाहन्छु ।’ रहर र आशाका त्यान्द्राहरू संगालेका छन् । सबै दयालु मन र हृदयहरूको अपेक्षा गरेका छन् । फगत एक वारको जिन्दगीमा बाच्नको लागि । उनको भनाईले सबैको हृदय छुन्छ ।
निर्मलको सहयोगार्थ केःसाङ्ला परिवार, निर्देशक लोकेन सावाले निःशुल्क सहयोग गरेका छन् । चलचित्रमार्फत सहयोगी हातहरूको अपेक्षा गरेका छन् । समाजसेवीहरू भन्ने गर्दछन् : ‘धर्म कमाउन मन्दिरमा गएर अगर वत्ति जलाउन पर्दैन’ गरिबको झुपडिमा दियो बाले पुग्छ । ‘दीन दुःखीहरूलाई सहारा दिने नै भगवान हुन्छन् अनि भगवान ढुगामा हैन, आत्मामा हुन्छ । केःसाङ्ला चलचित्र युनिटले लिम्वु भाषाको चलचित्रलाई माया गर्न र निर्मलका लागि भगवान बनिदिनको लागि दर्शकहरूहरूको अपेक्षा गरेको छ ।
लिम्वु गाउँ घरको सम्झना गराउने सास्कृतिक चलचित्र केःसाङ्लामा भिम तुम्वाहाम्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ्, याङ्निम्वा योङ्हाङ, मेनका सावादेन, महिमा लिम्बु, कुमार लुम्फङ्वा, गंगा तुम्वाहाम्फे, कुमार लिम्वु, भुपेन्द्र तुम्बाहाम्फे र दिनेश माङ्मुले अभिनय गरेका छन् । भुपेन्द्र तुम्बाहाम्फेको क्यामेरा र दिनेश माङ्मुको कोरियोग्राफिमा निर्माण भएको चलचित्रलाई दर्शकबाट उठेको रकम सोही दिन सभामुख कृष्ण वहादुर महराको बाहुलीबाट हस्तान्तरण गर्ने आयोजकहरूले जनाएका छन् ।