७१ औं साहित्य श्रृंखलामा स्व.ईन्द्र बहादुर राई प्रति शोकसभा

  २५ मार्च, हङकङ– आयामेली तथा लीला लेखनका अभियन्ता समेत रहेका वरिष्ठ साहित्यकार स्व.ईन्द्र बहादुर राई प्रति शोकसभा संगै सृजना वाचन तथा समीक्षा गर्दै ७१ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा...

यौन प्यासको लागि बेचिन्छन् रोहिंग्या किशोरी……..

चैत ८, २०७४  बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य रोहिंग्या समुदायका किशोरीहरूलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको सो अनुसन्धानमा देखाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ । रोहिंग्या समुदायका किशोरीलाई विदेशीहरूको यौन प्यास ...

पुटिन चौथो कार्यकालका लागि निर्वाचित……..

५ चैत, काठमाडौं । रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन धेरै मतअन्तरले विजयी भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचन भएको थियो । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले लेखेको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि...

अहिलेसम्म साढे ३ लाखको मृत्यु………

०१ चैत २०७४,     सिरिया– सिरियामा जारी रहेको गृहयुद्ध आज आठौ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो । तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमा पछि गृहयुद्धमा परिणित सो युद्ध अझै जारी छ ।  आन्दोलनकारीहरुले सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच युद्ध जारी छ । यसका अतिरिक्त त्यहाँ विभिन्न ...

ट्रम्पले स्वीकारे किम जोङको निम्तो……..

२५ फागुन, काठमाडौं ।  शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच संवाद हुने भएको छ । उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादकाे ढाेका खुलेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो ...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउने

काठमाडौं पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल भ्रमणमा आउने भएका छन्। अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनको लागि नेपाल आउन लागेको जनाइएको छ। अब्बास नेपाल आउने तयारी भएता पनि मिति भने तय भइसकेको छैन। स्रोतका अनुसार दूतावासले अब्बासको नेपाल भ्रमण सोमबारका लागि प्रस्ताव गरेको छ। उनको भ्रमण दुई दिने हुनेछ। दुई दिने नेपाल भ्रमणको क्रममा अन्य राजनीतिक भेटबार्ता पनि गर्ने छन्...

नवाज शरीफ पार्टी अध्यक्षमा पनि अयोग्य………

१० फागुन, काठमाडौं ।  पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफलाई पार्टीको नेतृत्व गर्न पनि अयोग्य ठहर गरेको छ । पार्टी अध्यक्ष पदमा रहँदा नवाज शरीफले गरेका निर्णयहरु पनि अमान्य रहेको सर्वोच्चले ठहर गरेको छ ।  नवाज शरीफ सत्ताधारी पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) का संस्थापक हुन् । उनी पार्टीको अध्यक्ष पदमा अहिले पनि छन् । सर्वोच्चले पनामा पेपर लिक्स प्रकरणमा दोषी ठहर गर्दै स...

विश्वका धनी शहरमा न्यूयोर्क पहिलो……..

२९ माघ, काठमाडौं ।  विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा छन् । पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाइ...

संखुवासभा समाज हङकङको अध्यक्षमा टोपबहादुर याक्खा

११ फेब्रुवरी, हङकङ– टोपबहादुर याक्खा (राई) को अध्यक्षतामा १३ सदस्सीय कार्य समितिको चयन गर्दै संखुवासभा समाज हङकङको ९ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो । पहिलो चरणको खुल्लासत्र कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कर्ण कोरङ्गीले गरेका थिए भने प्रमुख अतिथिका रुपमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन । त्यस्तै गरि अन्य अतिथिहरुमा गुरुङ (तमु) स...

अझै विश्वस्त छैन दिल्ली

माघ २८, २०७४   दिल्ली यतिबेला ‘पर्ख र हेर’ को नीतिमा छ । सरकारी अधिकारी तथा कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री भएपछि ओलीले लिने नीति एवं कदमले दुईपक्षीय सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने निक्र्योल गर्नेछ ।   केही महिनायता भारतको राजनीतिक नेतृत्वले ओली नेतृत्वमा आगामी दिनमा बन्ने सरकारसँग काम गर्न हात अगाडि बढाएको छ । तर सम्बन्ध कता जान्छ स्पष्ट रूपमा भन्न सकिने अवस्था छैन ।  अहिले नै यसै भन्न सकिँदैन, ...

हङकङको डबल डेकर बस दुर्घटनामा १८ जनाको मृत्यु ६० बढि घाइते

१० फेब्रुवरी, हङकङ– केएमबी कम्पनीको डबल डेकर बस ताइपो रोडमा दुर्घटना हुदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६० जना बढि घाइते भएको स्थानिय विभिन्न समाचारहरुले जनाएका छन् । यसरी मृत्यु हुनेहरुमा १५ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुलाई प्रहरी तथा फायर फाइटरद्धारा उद्धार गरी १२ वटा विभिन्न हस्पिटलहरुमा उपचारका लागि भर्ना गरिएको छ भने उक्त घाइतेहरु मध्ये १५ जनाको अवस्था चिन्ता जनक रहेको...

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी कोरिया जाने

सोल उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ दक्षिण कोरिया जाने भएकी छिन । दक्षिण कोरियाको प्योन्च्याङमा आगामी शुक्रबारबाट सुरु हुने शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुने उनी जाने भएकी हुन। सत्तारूढ वर्कर्स पार्टीकी वरिष्ठ अधिकारीसमेत रहेकी उनी पार्टीमा प्रभावशाली मानिन्छिन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ओलम्पिकको उद्घाटन समारोहमा दुवै कोरियाले संयुक्त झण्डामुनि सँ...