हामी महिलाहरु स्वयम सचेत र शिक्षित भएकोले सही गलत छुट्याउन सक्छौ – कविता रार्इ (नेम्वाङ)

कविता रार्इ (नेम्वाङ) मिसेस नेपाल लाइडल २०१६का विजेता हुन । पाचँथर रवि ५ मा बुबा धनजीत रूङमाङ रार्इ र माता इन्द्रा रूङमाङ रार्इका जेठी सन्तान हुन उनी । प्रारम्भिक शिक्षा गाउँबाट नै हासिल गरेकी उनले पि. के. क्याम्पस काठमाडौबाट बि. ए. तथा ताहाचल क्याम्पसबाट बि. एड. सम्मको शिक्षा हासिल गरिसकेकी छिन । उनी खेलकुदमा पनि निकै चाँसो राख्छिन उनीले मार्शलआर्ट समेत खेल्छिन भने कलाकारिता पनि उत्तिकै मनपर्छ । २०५७ सालमा वि. वि. नेम्वाङसँग वैवाहिकसम्बन्धमा बाँधिएकी उनको हाल २ छोरा र १ छोरी छन् । महिला सबै क्षेत्रमा सवाल हुनु निकै आवश्यक हुन्छ महिला सवाल भए घरपरिवार, समाज र राष्ट्र नै सवाल हुन्छ भन्ने सोचाइ भएकी उनीसँग बगैचाकी संचारकर्मी सुकमाया रार्इले गरेको कुराकनी …

 

• मिसेस नेपाल आईडल २०१६ को उपाधी पाउदा कस्तो लाग्यो ?
मिसेस नेपाल २०१६ को उपाधी पाउदा मलाई अत्यन्तै गौरव र खुसीलागेको छ ।

• कतिजना प्रतिस्पर्धी हुनुहुन्थ्यो ?
मिसेस नेपाल आईडल मा जम्मा १८ जना प्रतिस्पर्धीहरू थियौँ ।

• मिसेस नेपाल आईडल २०१६ मा अन्तिम प्रश्न र तपाइको जवाफ के थियो ?
फाईनल प्रस्न हामीलाई मिसेस नेपाल आईडल२०१६ भई रहेको बेला वाहिरबाट दर्षकहरुले के कस्ता दृष्टीले हेरिन्छ र कुन स्थानमा राखिन्छ ? मेरो उत्तर थियो “मिसेस नेपाल आईडल जस्ता कार्यक्रमले महिलाहरुको ब्यक्तित्व विकास, बौद्धिक विकासका साथै समाज र राष्ट्रप्रती उत्तरदायी सफल र सक्षम उदाहरणीय महिलाहरुको रुपमा प्रस्तुर गर्ने भएकाले यस्ता कार्यक्रमहरुले महिलाहरुको अपमान नगरेको बरु ससक्तिकरण अन्तर्गतका कार्यहरु गरेकोले हजुरहरुले जे सोचिरहनु भएकोछ त्यो गलत हो हामी महिलाहरु स्वयम सचेत र शिक्षित भएकोले सही गलत छुट्याउन सक्छौ भन्दै आज एउटी नेपाली चेली गन्तब्यको लक्षमा पुग्न चाहन्छे त्यो गन्तब्यमा बाधा नबनी दिनुहुन भनी विनम्र अनुरोध गर्दछु ।”

• तपाई आफु कतिको कन्फिडेन्ट हुनुहुन्थ्यो ? मिसेस नेपाल को ताज प्रति ?
कन्फिडेन्ट लेवल त मेरो हाई नै थियो तर मैले नै ताज पहिरनेछु भन्ने चाहि लागेको थिएन।

• मिसेस नेपाल आईडल २०१६ आईडलको अनुभव कस्तो रहयो ?
यस आईडल जितेर म माथी धेरै अभिभारा, जिम्मेवारीहरु थपिदै विभिन्न सामाजिक संघसस्थाहरुमा आबद्ध हुदै समाजमा उत्रने अवसर पाएकोछु।

• यो भन्दा अगाडी पनि केही ग्ल्यामर सम्बन्धि केही अनुभव ?
२०१४ मिसेस मंगोल नेपाल प्रथम रनरअप, मिसेस नेपाल आईकन २०१६ सव टाईटल प्राप्त गरिसकेकि छु ।

• नेपाल मा धेरै नै सुन्दरी प्रतियोगीता भई रहेकाछन मिसेस नेपाल आईडल कस्तो प्रतियोगतता हो जस्तो लाग्छ ?
यस्ता सौदर्य प्रतियोगिताहरु नेपालमा मात्र नभएर हाल आएर विश्वमा नै भईरहेको कुरा हो। यसमा चुला र चौकामा लुकेर वसेका महिलाहरुलाई आफ्नो प्रतिभा प्रष्फुटन ब्यक्तिविकास अथवा क्षमता देखाउने प्लेटफार्म पनि हो र जस्तो लाग्छ।

• नेपाल जस्तो देशमा विबाहित महिलाहरुलाई यस्ता सुदरी प्रतियोगिताहरूमा पारिवारीक सम्बन्ध र व्यावहारमा निकै गाह्रो हुन्छ कस्तो छ तपार्इमा ?
सुरुसुरुमा त मैले पनि त्यस्तो समस्याहरु नभोगेकी त हैन, त्यस्तो समस्याहरु भोग्दै पार गर्दै अन्यमा मैले परिवारिक सहयोग र सल्लाहले नै यस स्थानमा पुगेकी हुँ ।

• के छ तपार्इका भाबि दिनका योजनाहर ?
बगैचा डटकम मार्फत देशविदेशमा रहनुभएको र नेपाली महिलाहरुलाई आफुमा भएको क्षमताहरुलार्इ समाजमा लागाउनु होस, जो जुन क्षेत्रमा, स्थानमा भएपनी आफुलाई लागेको ईच्छाहरुलाई कहिले पनि मारेर नराक्नुहोस, जिवन नै संघर्षको मैदान भएकोले सफलता अवश्य छ भन्न चाहन्छु धन्यवाद।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार