सुरक्षा निकायका प्रमुखसँग छलफल

  बगैचा सम्बाददाता

निर्वाचन विरोधी गतिविधी बढेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै हुनुहुन्छ । कैलालीको धनगढीमा रहेका प्रधानमन्त्री देउवा काठमाण्डौँ आइपुगेका छन् । आज बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिनेमा रहेकाे जानकारी प्राप्त भएकाे छ । निर्वाचन बिथोल्ने गरी भईरहेका आक्रमण र ध्वंसात्मक गतिविधिलाई निस्तेज पारी निर्वाचन सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएका प्रधानमन्त्री देउवाले सुरक्षा अवस्थाबारे आज छलफल गर्न लाग्नुभएको हो । उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गर्ने तथा विद्युतीय धराप राख्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न आवश्यक पर्ने कदमबारे उहाँले छलफल गर्नुहुने जनाइएको छ । प्रधानमन्त्री देउवाले लाजिम्पाट पुगेका प्रधानमन्त्री देउवाले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार