कार्यालय खोज्दैमा कर्मचारी हैरान

  बगैचा सम्बाददाता

९ माघ, काठमाडौं ।

प्रदेश सांसदहरुको शपथग्रहण सकिएपछि सांसदहरुलाई डेरा खोज्ने चटारो बढेको, विमान किन्न सेनालाई रकम दिइएको, एक खर्ब ढाँटेर बजेट बनाइएको, भाइरल प्रकोपले थिलोथिलो भएको जाजरकोटमा खाद्यान्न अभाव चर्किएको, वायु प्रदूषण अचाक्ली बढेको छ । संविधानले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था गरेकाले सबै प्रदेशले आगामी ४ फागुनभित्रै मन्त्रिपरिषद् पाउने भएको छ । प्रदेश सांसदले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रदेशेको पहिलो बैठकको मितिसमेत तय भइसकेको छ । निर्वाचनमा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको एमाले–माओवादी गठबन्धनले ७ मध्ये ६ प्रदेशमा बहुमत पाएका छन् । यसले ६ प्रदेशमा वाम गठबन्धनका तर्फबाट नै मुख्यमन्त्री बन्ने पक्काजस्तै छ । शपथग्रहण सकिँदा नसकिँदै प्रदेश सांसदहरुलाई डेराको चिन्ताले सताउन थालेको छ । पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको घरमा बसेर काम चलाइरहेका प्रदेश सांसदहरु डेरा सर्ने तयारीमा जुटेका छन् । प्रदेश सांसदलाई डेराको चटारो परेजस्तै कर्मचारीहरुलाई भने कार्यालयको चिन्ता छ । प्रदेश प्रमुखका लागि सचिवालय व्यवस्थापन भए पनि अन्य प्रशासनिक भवनको अझै टुंगो लागिसकेको छैन । जिल्ला प्रशासन, भवन डिभिजनलगायत कार्यालयका प्रमुखहरू प्रदेशका लागि आवश्यक पूर्वाधार जुटाउनमै व्यस्त छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार