नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा कुल ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन २ हजार ३११ मत चाहिन्थ्यो । जसमा देउवाले २ हजार ७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले जम्मा १ एक ८५५मत पाए । ३५ मत भने बदर भएको छ ।

गत सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका पनि बहुमत पुगेको थिएन । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।देउबाले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।

पट्रोल

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार