पालिकाको नेतृत्वमा काँग्रेसको शतक, एमालेले पनि कटायो अर्धशतक……

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा जित हात परेको हो । जारी मत गणनामा काँग्रेसले पालिकाको नेतृत्वमा शतक पूरा गरेको छ । समाचार तयार पर्दासम्म काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको छ । काँग्रेसले १७५ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ । ८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । एमाले ५७ प्रमुख र ५८ अध्यक्ष गरी ११५ पालिकामा अग्रस्थानमा छ । एमालेलाई माओवादी केन्द्रले पछ्याई रहेको छ । माओवादीले ३ प्रमुख र ४१ अध्यक्ष गरी ४४ पालिकाको नेतृत्व हात पारेको छ । यस्तै माओवादीले ३ उपप्रमुख र ४१ उपाध्यक्ष गरी ४४ मा जित हात पारेको छ । माओवादी प्रमुखमा २२ र अध्यक्षमा ४१ पालिकाको अग्रस्थानमा छ । उपप्रमुखमा ३३ र उपाध्यक्षमा ३७ पालिकामा माओवादीले अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले प्रमुखमा १ र अध्यक्षमा ४ पालिकाको नेतृत्व हात पारेको छ । ३२ प्रमुख र २६ अध्यक्षमा अन्यको अग्रता छ । उपप्रखुमा १ उपाध्यक्षमा ६ अन्यले जितेका छन् । २२ उपप्रमुख र २५ उपाध्यक्षमा पनि अन्यको अग्रता छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार