गोर्खा ट्रैलब्लेजर ट्रैल रनमा नेपालीहरुको बर्चस्व

गत शनिबार सम्पन्न भएको गोर्खा ट्रैलब्लेजर च्यारिटि ट्रैल रेसमा नेपालबाट आएका धावक धाविकाहरुहरुले डोमिनेन्ट गरेका थिए।

गत शनिबार सम्पन्न भएको गोर्खा ट्रैलब्लेजर च्यारिटि ट्रैल रेसमा नेपालबाट आएका धावक धाविकाहरुहरुले डोमिनेन्ट गरेका थिए। न्यु टेरिटोरी अवस्थित लाउ शुइ हेउङ सिजर्भियरबाट शुरु भएको २६ र १२ किलोमीटर दुई दुरिको दौड मध्ये २६ किलोमिटर पुरुष तर्फ नेपाल बाट आएका तेन्जी शेर्पाले निर्धारित दुरि २ घन्टा ४१ मिनेटमा पार गरि प्रथम भए। त्यसै गरि ब्रायन क्रेन र टर्न बुल ले २:४३ मिनेट र २ घन्टा ५२ मिनेटमा पार गरि क्रमशः दोश्रो र तेस्रो स्थान हासिल गरेका थिए भने महिला तर्फ क्लारी प्राईसले ३ घन्टा ०९ मिनेटमा पार गरि पहिलो स्थान तथा भोजपुर ट्रैल रेसमा प्रथम भएकी हुमि बुढा मगरले ३ घन्टा ३० मिनेटमा पार गरि दोस्रो तथा एन्जेलिका हान ले ३ घन्टा ३६ मिनेटमा पार गरि तेस्रो स्थान हासिल गरेका थिए।

त्यसै गरि १२ किलोमीटर पुरुष तर्फ भ्लादिमिर इक्सेल, डेभिड उ र रिचार्ड काउले ले क्रमशः ५९ मिनट, १ घन्टा ०२ मिनेट र १ घन्टा ०६ मिनेटमा पार गरि पहिलो, दोस्रो र तेस्रो भएका थिए भने महिला तर्फ सो केशलो रुपमा रहेकी नेपाल कै लेजेन्डरी धाविका मिरा राईले निर्धारित दुरि १ घन्टा ०८ मिनटमा पार गरि प्रथम तथा जेन विलियम्स र निक्की इङे ले क्रमशः १ घन्टा १७ मिनेट र १ घन्टा २५ मिनटमा पार गरि दोस्रो र तेस्रो भएका थिए।

मेन ईभेन्टको रुपमा रहेको २६ किलोमीटरका बिजेता शेर्पाको लागि सहज बताए पनि जित निकाल्न निकै कठिन चुनौति सामना गर्न परेको थियो। उनी मात्र २ मिनेटले अगाडि रहे। जित पछि उनले भने ” पहिलो पटक आयोजना भएको यो दौडको पहिलो बिजेताको रुपमा ईतिहासमा नाम लेखाउन भ्याए, यहिनै महत्वपूर्ण हो”।

उक्त दौडमा नेपालीहरु लागायत विभिन्न देशका करिब ३५० को हाराहारीमा सहभागिता रहेको थियो। पहिलो पटक आयोजित उक्त दौड गोर्खा सेमेन्ट्री ट्रस्ट तथा असहाय बालबालिकाहरुको लागि शिक्षा, स्वस्थ, सुरक्षा र अवसर प्रदान गर्ने प्रसिद्द सस्था चाइल्ड वेलफेयर स्किमले संयुक्त रुपमा आयोजना गरेका थिए।

संकलित रकम हङकङमा अनलाईन शिक्षा लिईरहेका नेपाली बिद्यार्थी तथा गोर्खाको ईतिहास बढवाको लागि खर्च गरिने भनिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार