नेपाली राष्ट्रिय भलिबल टोलि हङकङ आईपुगे

हङकङ र नेपालबीच आगामी जनवरी २८ र २९ तारिख मैत्रीपूर्ण भलिबल खेल खेल्न आज अपरान्ह नेपाली राष्ट्रिय भलिबलको २१ जनाको जम्बो टिम हङकङ आईपुगेका छ। उनिहरुलाई हङकङ निबासी नेपालीहरुले बिमानास्थलको आगमन कक्षमा भब्य स्वागत गरिएको थियो। उक्त टोलिमा १२ खेलाडीहरु र दस जना अफिसियल्स छ्न। खेलाडीहरुमा ईश्वर थापा, हरि बहादुर अधिकारी, दुर्गा प्र महतो, दिल ब सुनार, धन ब भट्ट, राज कु निरौला, नरेन्द्र गिरि, मान प्र श्रेष्ठ, कुल ब थापा, भैरब ब बम, महेन्द्र श्रेष्ठ र टिम क्याप्टेनमा एम ब मगर रहेका छन। त्यसै गरि राज कुमार गुरुङ ब्याबस्थापक लगायत नेपाल भलिबल संघका महासचिव जितेन्द्र ब चन्द, अध्यक्ष मनोरञ्जन रमण श्रेष्ठ रहेका टोलिमा सम्मीलित छ्न भने दुई प्रशिक्षक, दुई पत्रकार, एक रेफ्री लगायत अन्य रहेका छन।

उक्त टिमले आगामी २७ तारीख चुनमुन बटर फ्लाई विच स्थित भलिबल कोर्टमा अपरान्ह ४ बजे बाट हङकङका स्थानिय नेपाली खेलाडीहरु सङ्ग खेल्नेछ्न भने भलिबल एसोसियसन हङकङबाट प्राप्त पत्रमा उल्लेख भएअनुसार होम–अवे गरी दुई दिन खेल हुनेछ २८ तारिखमा सातिन स्थित युन चाउ कोक स्पोर्ट्स सेन्टरमा अपराह्न ४–७ बजेसम्म खेल हुनेछ भने अर्को खेल २९ तारिक सेङसुईस्थित पो विङ रोड स्पोर्ट्स सेन्टरमा बेलुकी ८–११ बजेसम्म सन्चालन हुने कुरा आयोजक पक्षले बताएको छ।

सन् १९८३ मा जापानको राजधानी टोकियोमा सम्पन्न एसियन मेन्स भलिबल च्याम्पियनसिपको ३४ वर्षपछि हङकङ र नेपाली राष्ट्रिय भलिबल टोली आमनेसामने हुने भएका छन्।<

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार