हतियार प्रहार गरी १ जनाको हत्या………

१८ फागुन, कैलाली । कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।  टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते थापालार्इ उपचारको लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।  जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए । ‘होली खेल्ने क्रममा अज्ञात समूहले छूरा प्रहार गर्दा करण थापाको ज्यान गएको छ, तर कारण खुलेको छैन’, प्रहरीले उपरीक्षक घिमिरेले भने ।  प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार