त्रिभुवन विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटना, उद्दार जारी

  बगैचा सम्वाददाता

काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटनामा परेको छ। जहाजमा अहिले आगलागी भइरहेको छ। बंगलादेशको ढाकाबाट करिब ७० यात्रु लिएर आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज १५ मिनेटअघि धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दमकलको सहायताले जहाजको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। घटनापछि विमानस्थलका सबै उडान बन्द गरिएको छ भने घाइतेलाई उद्दार गरी अस्पताल लैजाने क्रम जारी छ। जहाजमा कति यात्रु थिए र उनीहरूको अवस्था बारे थप जानकारी आउन बाँकि छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार