विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित………

२९ फागुन २०७४,    काठमाडौं- राष्ट्रपतिमा विद्या भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।  मंगलबार बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो।  संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर राष्ट्रपतिको निर्वाचन पहिलो पटक गरिएको हो। यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले गरेका थिए। राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने चलन गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार