विमान दुर्घटनामा छोरी गुमाएकी आमा………

३० फागुन २०७४ काठमाडौं ।

सोमबार सबैको ध्यान काठमाडौं मेडिकल कलेजतर्फ तानिएको थियो । अस्पत्ताल परिषर वरपर निकै भिड थियो । कोही चिच्याईरहेका थिए । कोही आँखा चिह्याएर जताजतै हेरिरहेका थिए । सोमबार बंगलादेशबाट काठमाडौं आएको एयर वंगलाको विमान दुर्घटनामा परी काठमाडौंकी सजना देवकोटा गम्भीर घाइते थिईन् । गम्भीर घाइते सजनाले केही समयमै आफ्नो प्राण त्यागिन् । घरमा उनलाई सबैले छोराजस्तै मान्थे । ‘उनी हाम्रो लागि छोरी होईन् छोरा हो’ यो सजनाकी आमाले बोलेका शब्द हुन । सजनाको मृत्यु भइसकेको उनीकी आमाले घरमा नै थाहा पाइन । मृत्यु भएकाहरुको शव काठमाडौं मेडिकल कलेज (केएमसी) मा राखेको थाहा पाएसँगै उनकी आमा हस्पिटल पुगिन । छोरी सजनाको विमान दुर्घटनामा मृत्यु भएसँगै सम्हालिन नसक्दा पनि अस्पताल पुगेकी थिइन । उनलाई सम्हाल्न आफन्तहरु सबैले अस्पतालमा पुगेका थिए । तर, उनीहरु पनि रुदैँ थिए । विमान दुर्घटनामा ज्यान गुमाएकी सजनाकी आमाले मेरो छोरी होइन छोरा हो भन्दै रोएकी थिइन् । उनले भनिन्, ‘मेरो छोरा होइन हिराको टुक्रा हो । मलाई छोराले जस्तै गर्थिन् । आज छोडेर गइन् ।’ छोरीको शोकमा सम्हालिन नसकेकी उनी बाराम्बार भक्कानिदै भन्थिन्, ‘मलाई किन छोडेर गएको सँगै लैजाउ । हे मेरो छोरो मलाई पनि लैजाउ ।’अन्तिम पल्ट मुख हेर्न देउ’ विमान दुर्घटनामा छोरीको मृत्यु भएसँगै सम्हालिन नसकेकी उनी अन्तिम पल्ट मुख हेर्न देउ भन्दै रोई कराई गर्दै थिईन् । सबैले घेरा हालेर समातेपछि उनी भन्थिन्, ‘मलाई नछेक । मेरो हिराको छोरी लास भइसकेको छ । किन छेकेको ? अन्तिम पल्ट मुख हेर्न देउ ।

युएस बंगला एयलाइन्सको अवार्ड बन्यो अन्तिमः

मार्च ९ अर्थात २५ गते शुक्रबार ‘ट्राभलिङ टु बंगलादेश’ भनेर फेसबुक वालमा पोष्ट गरेकी थिइन् । बंगलादेशको एयरलाइन्स कम्पनीले जारी गरेको युएस बंगला एयरलाइन्स अवार्ड कार्यक्रममा भाग लिन बंगलादेश पुगेकी देवकोटाले त्यहाँ पुगेपछि पनि फोटो पोष्ट गरेकी थिइन । आगन्तुक ट्राभल एजेन्सीको नेतृत्व गर्दै बंगलादेश पुगेकी सजनाले पोस्टहरु अन्ततः जीवनकै अन्तिम हुन्छ भनेर कहिले सोचेकी थिइन होला । बङ्लादेशमा भएको कार्यक्रमलाई आधार बनाई पोस्ट गरेका देवकोटा यी स्टाटसहरुमा अहिले मनै झसङ् बनाउने शब्द हार्दिक श्रद्धाञ्जली बर्सिन थालेको छ । सबैको मन रुवाएको छ । देवकोटा बङ्गलादेशमा भएको युएस बङ्गला एयलाइन्स अवार्ड कार्यक्रममा भाग लिई नेपाल फर्कदै थिइन । यस क्रममा उनी चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएसँगै देवकोटाले फेसबुकमा साटेको खुसी सधैको लागि आँसुमा परिणत भएको छ ।

“विमान दुर्घटनामा छोरी गुमाएकी आमा : ‘मेरो हिराको टुक्राको अन्तिम पल्ट मुख हेर्न देऊ’ ‘मलाई किन छोडेर गएको सँगै लैजाउ । हे मेरो छोरो मलाई पनि लैजाउ ।’ छोरीले मार्च ९ अर्थात २५ गते शुक्रबार ‘ट्राभलिङ टु बंगलादेश’ भनेर फेसबुक वालमा पोष्ट गरेकी थिइन् ” ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार