लिम्बु भाषाको गीत “पालाम मिम्जिफूङ” युट्युवमा सार्वजनिक (भिडियो सहित)

  टोपबहादुर याक्खा

१५ अप्रिल, हङकङ– किरात लिम्बु भाषामा रहेको गीत “पालाम मिम्जिफूङ” युट्युव मार्फत सार्वजनिक भएको छ । गायक आसराज बोखिम लिम्बु र गायिका मनु नेम्वाङको श्वर रहेको उक्त पालाम गीतको संगीतकार भने यादेन सेर्मा हुन् । उक्त पालाम गीतलाई गीतकार सुवर्ण नेम्वाङले लेखेका हुन् ।
युवराज राईद्धारा छायाङ्कन गरिएको उक्त पालाम गीतमा मनुता काम्वाङ ईवारम, दिप केरुङ र संगिता लावतीका साथै बाल कलाकारको रुपमा वारमफुङ योङ्हाङ लिम्बुको समेत अभिनय रहेको छ ।
किरात लिम्बु समुदायमा प्रचलित मौलिक धान नाच पालाम गीतको म्यूजिक भिडियो कार्यकारी निर्देशक देउ कृष्ण लिङ्खा देवान हुन् भने विक्रम वनेम फागोले निर्देशन गरेका हुन् । कार्यकारी निर्देशक देउ कृष्ण लिङ्खा देवान नेपाली कथानक चलचित्र तारे भीरका निर्माता समेत हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार