अर्जेन्टिनाको लज्जास्पद हार………

असार ८, २०७५   काठमाडौं । रसियामा जारी विश्वकप २०१८ समूह ‘डि’ को अन्तिम खेलमा अर्जेन्टिनाविरुद्व क्रोसियाले ३ गोल गर्दै विजयी बनेको छ । क्रोयसियाका खेलाडी एन्टी रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिकले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ९१ औं मिनेटमा इभानले तेस्रो गोल गरेका हुन् । यसअघि खेलको पहिलो हाफमा अर्जेन्टिना र क्रोयसियाबीच गोलरहित बराबरी भएको थियो । अर्जेन्टिनाको दोस्रो चरणको सम्भावना न्युन रहेको छ । तर क्रोयसिया जिते निकालेसँगै सिधै छनोट भएको छ । भोलि हुने आइसल्यान्ड र नाइजेरियाको खेलमा अर्जेन्टिना दोस्रो चरणमा पुग्ने/नपुग्ने निर्भर रहन्छ । यदि अर्जेन्टिना आइसल्यान्डले जित निकालेमा दोस्रो चरणमा पुग्नेछ । यता आफ्नो पहिलो खेलमा पनि अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने क्रोयसियाले नाइजेरियालाई पराजित गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार