चर्चित खेलाडीबाट निरासाजनक खेल…………

०९ असार २०७५,  सारांस –

विपक्षी खेलाडीहरूको मार्किङबाट चर्चित खेलाडीको प्रदर्शन सन्तोषजनक नदेखिएका बेला जारी विश्वकपमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मात्र राम्रो प्रदर्शन गर्न सफल भएका छन्। दुई खेलमा चार गोल गरेका रोनाल्डोबाहेक अन्य चर्चित खेलाडीले टोलीका लागि गोल गर्न सकेका छैनन्। स्टार मानिएका ब्राजिलका खेलाडी नेइमारबाट गोलको अपेक्षा गरिए पनि उनले स्विट्जरल्यान्डविरुद्ध गोल गर्न सकेनन् । १–१ गोलको बराबरीमा सकिएको खेलमा नेइमार अधिकांश समय विपक्षी खेलाडीबाट मार्किङमा रहे । टोलीले १९ पटका फाउला पाउँदा २६ वर्षे नेइमारविरुद्ध १० पटक फाउलको भएको थियो। यस्तै, जारी विश्वकपमा अर्का अपेक्षा गरिएका खेलाडी हुन् अर्जेन्टिनाका लियोनल मेसी । उनलाई पनि विपक्षी टोलीका खेलाडीले गरेको कसिलो मार्किङका कारण टोलीका लागि गोल गर्न सकेका छैनन् । पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टीको अवसरलाई खेर फाल्दा उनी आलोचित भएका छन् । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग विश्वकपमा उनको प्रदर्शन तुलनालायक रहेन। अर्जेन्टिनाका लागि अनपेक्षित प्रदर्शन गरेका मेसीको जादु बिहीबार क्रोएसियाविरुद्ध खेलमा पनि चल्न सकेन । उनको टोली अर्जेन्टिनालाई अघिल्लो चरण पार गर्न समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध गर या मर बन्न पुगेको छ । अर्का अपेक्षा गरिएका खेलाडी मोहम्मद सालाहको पनि प्रदर्शन इजिप्टका लागि सन्तोषजनक बन्न सकेन । पहिलो खेलमा कुमको चोटका कारण बेन्चमा रहेका सालाहको प्रदर्शन आयोजक रूसविरुद्ध पनि जम्न सकेन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार