नेदरल्याण्ड्सलाई १ रनले हराउँदै नेपाल विजयी

  बगैचा सम्वाददाता

काठमाडौं

नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ । हिजो भएको रोमाञ्चक खेलमा नेदरल्याड्सलार्इ एक रनले हराउँदै नेपालले पहिलो पहिलो एकदिवसीय क्रिकेटमा सफलता हात पारेको हो । २१७ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्डले ९ विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो । कप्तान पारसले अन्तिम ओभरमा ४ रन मात्र साथै अन्तिम बलमा कप्तान पारसले डच खेलाडीलार्इ रन आउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।

नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ र सोमपाल कामी, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान पारससँगै सोमपाल कामीको अर्धशतकको मदतमा ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

नेपालकालागि सोमपालले सर्वा्धिक ६१ रन बनाउँदा कप्तान खड्काले ५१ तथा दिपेन्द्र सिंह ऐरी तथा सुवास खकुरेलले समान १९ रन जोडेका थिए । कामीले ४६ बलमा ५ चौका तथा ३ छक्काको मद्दतमा ६१ रन बनाएका थिए भने खड्काले ६९ बलमा ५१ रन जोडेका थिए। उनले ६ चौका तथा २ छक्का प्रहार गरे। नेदरल्याण्ड्सका फ्रेड क्लासेनले ३ तथा माइकल रिपन र पिटर सिलरले दुई दुई विकेट लिए। खड्का नेपालले एकदिवसीय मान्यता प्राप्त गरिसकेपछि अर्धसतक बनाउने दोश्रो खेलाडी बनेका छन् भने कामी तेश्रो खेलाडी बनेका छन् । पहिलो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले यसअघि पहिलो अर्धसतक हिर्काएका थिए। यसअघि भएको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई ५५ रनले हराएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार