मीरालाई अमेरिकामा अवार्ड

मिरालाई अनेकौ कठिन बाधाहरु छिचोल्दै अदम्य साहसका साथ अनेकौ किर्तिमानहरु कामय गर्दै सन्सारका लाखौ करोडौ हरुलाई प्रेरित गरेको भनि सम्मान गरिएको हो।

सम्मान ग्रहण गर्दै मिरा राई

प्रसिद्द अल्ट्रा ट्रैल धाविका मीरा राई अमेरिकाको न्युयोर्क शहरमा सन २०१८ का लागि एशिया सोसाईटी द्वारा गेम चेन्जर अवार्ड बाट सम्मानित भएकि छिन। अक्टोबर ९ हिजो साझ ९ बजे ( आज बिहान हङकङ समय) न्युयोर्क शहरको लोअर म्यानहटन स्थित प्रसिद्ध रेस्टुरेन्ट सिप्रीयानीमा आयोजित एक समारोहका बिच सम्मानित भएकी हुन। आयोजकले सम्मान हुनेहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन ड्रेस कोड लागू गरे पछि सधै स्पोर्ट्स ड्रेसमा देखा पर्ने मिरा सारीमा सजिएर सम्मान ग्रहण गरेकी थिईन। 

एशियामा असाधारण काम गर्ने ९ ब्यक्तीहरु मध्ये मिरा परेकी हुन। मिरालाई अनेकौ कठिन बाधाहरु छिचोल्दै अदम्य साहसका साथ अनेकौ किर्तिमानहरु कामय गर्दै सन्सारका लाखौ करोडौ हरुलाई प्रेरित गरेको भनि सम्मान गरिएको हो।

मिरा सङ्गै अन्य सम्मान हुनेहरुमा थाईल्यान्डको बाढि गुफाबाट युवाहरुलाई उद्दार गर्ने टिम, अमेरिकी टेक्नोलोजीमा भाग लिने अफ्गान केटि, जापानको सुनामीमा र फुकुशिमामा ध्वस्त आणबिक उद्दार गर्ने टोलि, पेप्सिको कि अध्यक्ष ईन्द्र नुयि,चीनका वातावरण अभियन्ता वाङ शि, चिकित्सक डा. मुन्जेद अल मुडेरिस, सिरियाका सेतो हेल्मेटमा रहिद सले, सङ्गितका कुलुलामको सस्थापक रहेका छन।

 

आफ्नो भनाई राख्दै मिरा राई

बिकट गाउको अँध्यारो बस्तीमा जन्मेर हुर्किएकि एक नेपाली सन्सारकै शक्तिशाली देशको शहर जसलाई कहिल्यै नसुत्ने शहर, सपनाको शहर, सन्सारको राजधानी उपनामले चिनिने न्युयोर्क शहरमा अवार्ड थालिरहदा कस्तो अनुभव भो? भनी बगैँचा डटकमले सोधेको प्रश्नको उत्तरमा मिराले भनिन ” साच्चिनै सपनाको शहरमा सपना जस्तै लागीरहेछ। अत्यन्तै खुशी लागेको छ, अवार्ड ईन्डिभिजल भए पनि यो सम्पुर्ण नेपालीको लागि गौरबको कुरा हो। म यो खुशी मेरो टिम र सम्पुर्ण नेपालीहरु सङ्ग बाड्न चाहन्छु।” मिराले थपिन “आत्मबिश्वास, समर्पित भावना, अथक मेहनत का साथ मौकालाई सहि प्रयोग गर्न सके अवश्य सफल हुन सकिन्छ भन्ने सन्सार भरका सफलताको भोको भएका संघर्षशिल नारीहरु उत्प्रेरित भए मेरो सफलता र सम्मानको थप महत्त्व हुनेछ”।
मिरा गत बर्ष समेत अमेरिकाको एक प्रसिद्द म्यागेजिन “आउटसाईड”ले विश्व चर्चित ४० महिलाहरुको फ्रोन्ट कभर पेजको लागि फोटो सेसन गरेका थियो। जहाँ म लगायत मिसेल ओबामा, बिख्यात टेनिस खेलाडी सरिना विलियम्स, जुन्को ताबेई जस्ता महिलाहरु सङ्ग फोटो सेसन गर्न क्यालिफोर्निया पुगेको थिए। त्यहा पुग्दा धेरैले मेरो प्रशंसा गर्दै तिमी मेरो प्रेरणाको श्रोत हौ भन्दै सेल्फी खिचाए, पुरै दुई घन्टा अटोग्राफ हस्ताक्षर गर्न लाग्यो, त्यो क्षण मिराले नेपालखबरलाई   सुनाईन”।

 

सम्मानित हुने टोलिहरु सङ्ग मिरा राई

मिराले सन २०१५ मा फ्रान्सको मोन्ट ब्लन्क ८० किलोमिटर तर्फ विश्व किर्तिमान राखेको छिन भने नेसनल जोग्राफिक एडभान्चर अफ द ईयर बाट समेत सम्मानित भईसकेकी छिन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार