नेपाललद्वारा भारत २–० ले पराजित……….

०९ कार्तिक २०७५,
काठमाडौं – थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ। पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो। थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा दुवै गोल स्ट्राइकर रेखा पौडेलले गरेकी थिइन्। खेलको ५९ औ मिनेटमा पहिलो गोल गरेकी रेखाले ८८ औं मिनेटमा दोस्रो गोल थपिन्। जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ। भारतले समूहको पहिलो पाकिस्तानलाई १८–० गोलको फराकिलो अन्तरले हराएको थियो। नेपालले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसंग खेल्नेछ। ३० टोलीले पहिलो चरणको छनोटमा सहभागिता जनाएका छन्। २०१७ को संस्करणमा गरेको प्रदर्शनको आधारमा जापान, उत्तर कोरिया र चीन भने यसअघि नै अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। अन्तिम चरणको खेल थाइल्यान्डमा नै हुनेछ। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसमध्ये प्रत्येक समूको शीर्ष एक टोली अन्तिम चरणमा प्रवेश गर्नेछ। त्यस्तै दुई उत्कृष्ट उपविजेता टोलीले पनि अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। दोस्रो चरणका खेलहरू अप्रिलमा हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार