मिस मंगोल प्रतियोगिदेखि डलको होलसेल व्यावसायी दिपा लक्सम

संघर्षले जिउन मात्र सिकाउदैन, जिवन र जगतको समेत ज्ञान दिन्छ । जसले जीवनलाई जिवन्त वनाउछ । चाहे त्यो समाजसेवा वा व्यावसाय नै होस । यसका एक साक्षी हुन् दिपा लक्सम । अनेकौ हण्डर ठक्करहरु उनका लागी आफुसंगै हिड्ने छाँया बनेर आए । पान्थरको विकट गाँउ हालको यान्वरक गाउपालिका (नागी) देखि काठमाडौं छिरेपछि कलेजमा शुल्क तिर्ने पैसा नभएपछि दिउसो पढ्न जाने राती डल बनाएर पसल पसल पुर्याउथे । उनले डल बनाउन आफुसंंग भएको ४ हजारबाट व्यावसाय शूरु गरेकी थिइन । हाल आएर करोडौंको केटाकेटीले खेलाउने डलको होलसेल व्यापारी बनेकी छिन् । काठमाडौंको महाबौद्धमा २०६४ सालदेखि होलसेल व्यापार गर्दै गरेकी दिपाले नेपालको मुख्य शहरहरुमा सामान विक्रि गर्दै आएकी छन । चिनबाट सामान आयात गर्ने, मिलाउने विक्रि वितरण गर्न १२ जनालाई रोजगारी पनि दिएकी छिन ।

सन् २००९ मा मिस मंगोलको प्रतियोगि दिपाले सौन्दर्यको दुनियालाई पनि नजिकबाट नियाल्ने अवसर प्राप्त गरिन । त्यसैको उत्प्रेरणाले लिम्वु भाषा, भेषभुषा, परम्परा र संस्कृतिलाई युवा पुस्तामा पुस्तान्तरण गर्न मिस लिम्बु आयोजना गर्नुपर्ने कुराले कुत्कुत्यायो । केही उत्साही युवापुस्तामा छलफल भएपश्चात् खोलियो लिम्वु युथ एसोसिएसन । उनी बनिन सो संस्थाको सदस्य । हाल उक्त संस्थाले मिस लिम्वुको आयोजना गर्दै आइरहेको छ ।
सानो छँदा नर्सिङ सेवामा जाने अगाध इच्छा भएको तर अचानक उनी व्यावसायी र समाजसेवी भएको बताउाछिन । स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि घरव्यवहारका कारण व्यावसाय बने पनि उनको रुचि भने राजनीति र समाजसेवा गर्ने रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार