भेडिगोठाले चलचित्रको रकमले शतप्रतिशत समाजसेवा गर्ने: दुर्गा घोताने गुरुङ ।

हिमाली भेगभन्दा मुनी समथर खर्कहरुमा याक, चौरी, भेडाका वथानहरु प्रशस्त्र देख्न सकिन्छ । हिमालको काखमा रमाइरहेका याक, चौरी र लावालस्कर हुरुरु हिडिरहेका भेडाहरुको हुलले मनै लोभ्याउछन् । नेपालमा कामको आधारले जाती समुदाय चिनाउने प्रचलनले होला, याक र चौरीको गोठालो शेर्पा, भोटे र भेडाका गोठालो गुरुङ । गुरुङ समुदायको मुख्य पेशाको रुपमा रहेको भेडिगोठ संस्कृतिलाई जिवन्त राख्न भेडिगोठाले चलचित्र निर्माण भएको छ । यस सन्दर्भमा भेडिगोठाले चलचित्रका निर्माता दुर्गा घोताने गुरुङले गाउँघरको भनाइको सम्झना गर्दै भने : जहाँ भेडिगोठ त्यँहा गुरुङ हुन्छ ।
नेपालमा पश्चिमा संस्कृतिको अतिक्रमण, आधुनिकिकरण, लवाइखवाईसंगै गुरुङको पेशामा पर्न गएको प्रभावको वावजुद युवा पुस्तालाई मौलिकताको सन्देश प्रवाह गर्न प्रयास भएको छ । भेडिगोठाले चलचित्र हालसम्म यु.के, नेदरल्याण्ड, युएसए, युएई, कतार, सिक्किम, दार्जिलिन, काठमाडौं, पोखरा, लमजुङ बेसी सहर,स्याङजा, तनहुमा प्रदर्शन भइसकेको छ ।

यस चलचित्रका कार्यकारी निर्माता दुर्गा गरुङ मिलन र निर्माताहरु बिक्रम गुरुङ मिलन, बिजय गुरुङ मिलन, देउ कुमारी गुरुङ (अन्जना), देउकी सिंजाली दिपिका (मिलन) हुनभने लेखन तथा निर्देशक सुबास गुरुङ (गणेस) ले गरेकाहुन ।

भेडिगोठाले चलचित्र मिलन डि.जि. ईन्टरनेशनल  प्रा.लि. को पहिलो प्रस्तुतिहो  । यस चलचित्र बाट उठेको रकम मिलन ट्रस्ट मा जम्मा हुन्छ र  उठेको शतप्रतिशत रकम मिलन पाउन्डेसन सामाजिक सस्था मार्फत  समाजसेवामा लगानी गर्ने र अब चाडै नै भेडिगोठाले २ बनाउने निर्माता गुरुङले बताउदै भने : हालैमात्र पाल्पा र पर्वतका ५ वटा स्कुलहरुमा स्वेटर र युनिर्फमहरु प्रदान गरेको र हेल्थपोष्टहरुमा मेडिकल उपकरणहरु निःशुल्क प्रदान गरेको निर्माता दुर्गा गुरुनले बताए । मिलन  डि.जि. ईन्टरनेशनल  प्रा.लि. द्वारा अब चाडैने भेडिगोठाले २ को निर्माण गर्ने समेत जानकारी दिदै निर्माता गुरुङले भने,  प्रत्येक वर्ष निःशुल्क आाखा शिविर सञ्चालन गर्दै आएकोमा हालसम्म ३,००० तिन हजार जना विरामीको आँखा जाच गरेकोमा १०० एकसय  जनाको शल्यक्रिया गरिएको छ ।

  धौलागीरि अञ्चल पर्वत जिल्ला साबिक बाजुङ गाबिस हाल मोदि गाँउ पालिमा वार्ड न ५ बाजुङ जन्मिएका गुरुङ नेपाल मा मिलन पाउन्डेसन सस्था को संरक्षक, मिलन डि.जि.प्रा.लि. अध्यक्ष मिलन ट्रस्ट का अध्यक्ष, तमुस्यो रिचमी समाज का संरक्षक छनभने कर्मभुमी हङकङ को सवाल मा पर्वत मञ्च हङकङको अध्यक्ष र बिभिन्न संघ सस्थाको सल्लाहकार रहेर समाजसेवा गरिरहेकाछन ।आफु समाज सेवामा लाग्नु को प्रेरणा आफ्नो बुवा रहेको कुरा गुरुङले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार