नरेश ‘ठूले’, हङकङ
चाडबाड, भोजभतेर कुनै उत्सव चाहिदैन
दिन, बार, मिति साहितको जरूरी छैन
अध्यारो होस या उज्योलो, केही प्रबाह छैन
निमन्त्रणा, चुलेनिम्तो दिन पर्दैन
कुनै सूचना र संकेत बिना
ऊ घर-घरमा छिर्छ
जन-जनमा छिर्छ ।
कुनै नाता-सम्बन्ध छैन ऊसँग
हितैषि, अनन्य साथि-संगि पनि हैन
तर ऊ अदृश्य शक्तिभित्र
बिलिन पात्र बनेर
प्रवेश गर्छ मानव शरिरमा
आँखा नाक र मुखरबिन्दुहुँदै
तय गर्छ उसको गन्यब्य
लक्ष्य भेट्टाउछ भित्रि जो मानव तन्तु
तब आधिपत्य जमाउछ
मच्चाउछ अनेक हत्काण्ड र उदण्ड
उसले एकछत्र राज्य जमाउछ
र, क्षणभरमा सर्बश्व प्राण लुटेर
जीवनलाई मूर्दा बनाउछ,
समयले उब्जाएको
बिषयुक्त प्राण-घातक ‘बिज’
हावाको प्रबाहसँगै
सुनामी फैलिएको छ ‘मानव सागर’मा
घनजंगलमा फैलिएको डडेलोजस्तै
आगो लपेटिएको छ ‘मानब-घनबस्ति’मा
खरानी हुन प्रतिक्षारत बिबश पात्र
प्रतिकारबिहिन भएर मानव
भौतारिदै निरिह बनेको छ ‘सिङ्गो मान्छे’
निमेष-निमेषमा त्याग्नु परेकोछ सामूहिक ‘ईहलिला’
दिमागको सान्नाटामा खतराको साईरन बजिरहँदा
बस्नु परेको छ आफ्नै मृत्युको साक्षि
ओ हो !
कस्तो बिडम्बना ?
तथापि-
हुनु छ होसियार
अप्नाउनु छ सुरक्षाको बिधि
जगाउनु छ आत्मबल
लड्दै-लड्दै
जित्नु छ कोरोना युद्ध
‘सावधान हुनुछ अदृश्य पाहुँनासँग’
र बाँचेर जीवन निरन्तर घिसार्नु छ ।
कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता।
संयोजन: मगेन्द्र राई ।