बेलायतको कोलचेस्टरमा टेनिस प्रतियोगिता हुदै

  - बगैचा सम्वाददाता

गोर्खा नेप्लिज टेनिस क्लबका खेलाडीहरु

 

बेलायतको दक्षिणपुर्ब अवस्थित ऐतिहासिक स्थल कोलचेस्टरमा गोर्खा नेप्लिज टेनिस क्लबको आयोजनामा एक दिवशिय “स्प्रीङ टेनिस प्रतियोगिता” हुने भएको छ।

आयोजकका अनुसार प्रतियोगिता यहि मे महिनाको २९ तारीक कोलचेस्टर स्थित सैनिक छाउनिको करपोरल बड भिसी जिम्नासियन टेनिस कोर्टमा सम्पन्न हुनेछ।

प्रतियोगितामा कुल ३ दर्जन खेलाडीहरुले नाम दर्ता गराएका छन। मिन्स सिङ्गल्स तर्फ डिभिजन “ए, बि, सि र डी गरि खेलाईनेछ भने लेडिज सिङ्गल्स र मिन्स डबल्स समेत खेलाईने जानकारी गराएको छ। प्रतियोगिता बिहान ९ बजे बाट साझ ८ बजे सम्म सन्चालन हुनेछ।
“पुरुष तर्फ विभिन्न डिभिजनमा छुट्टाएर खेलाउन लागिएको रहेछ नि, त्यसको कारण के होला?” भनी बगैचाडट कम ले सोधेको प्रश्नमा क्लबका अध्यक्ष हर्क बहादुर गुरुङले भने ” टेनिस ईन्डिभिज्युअल खेल हो, यसमा हरेक खेलाडीहरु बिच खेलको स्तर फरक हुन्छ, कोहि पुराना र अनुभवीहरु हुन्छन, कोहि भर्खर खेल्न शुरु गरेकाहरु हुन्छ, उनिहरु बिच ठूलो अन्तर हुन्छ, त्यसैले उनिहरु सबैलाई एकै समुहमा खेलाउदा नया खेलाडीहरु माथी अन्याय हुन सक्छ, त्यसैले स्तर निर्धारण गरि सबैलाई मान्य हुने समुहमा बिभक्त गरि खेलाईएको हो, यसले सबैलाई न्याय हुन्छ”।
क्लबले त्रैमासिक रुपमा बर्षमा ४ वटा प्रतियोगिताहरु सन्चालन गर्दै आईरहेको छ। गत बर्ष कोभिडका कारण १ मात्र प्रतियोगितामा सिमित हुनु परे पनि यो पटक चार वटै प्रतियोगिता सन्चालन गरिने अध्यक्ष गुरुङले बताए।
सन २०१७ मा बिधिवत स्थापना भएको क्लबमा १२० सक्रीय सदस्यहरु छन। बेलायती सेना सङ्ग सम्बद्द क्लबमा निबृत्त बेलायती सेना तथा सबै नेपालीहरु क्लबका सदस्य बन्न सक्दछन।
क्लबले टेनिस सिक्न चाहाने नेपालीहरुलाई निशुल्क प्रशिक्षण समेत गराउदै आएको छ। पुराना पुस्ताका नेपालीहरुलाई सारिरिक तन्दुरुस्ती र आनन्दका लागि तथा युवा तथा केटाकेटीहरुलाई कुशल खेलाडी बनाउने क्लबको उद्देश्य रहेको गुरुङ ले बताए। गुरुङ भन्छन ” टेनिस सिक्न र खेल्नका लागि बेलायत उर्बर ठाउँ हो, फेरि हामी बेलायती सेना सङ्गको सहकार्यले टेनिस कोर्टहरु निशुल्क प्राप्त गर्दछौ, हामी नेपालीहरुले यो सुबिधाको भरपुर उपयोग गर्नु पर्दछ”।

क्लबले बेलायती सेनाले आयोजना गर्ने प्रतियोगितामा समेत सहभागिता जनाउदै आएको छ, संयुक्त प्रशिक्षण अभ्यास समेत गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार