रेको नजरमा ओली चतुर खेलाडी…..

काठमाडौँ — नेपालमा २०७२ सालमा आएको विध्वंसकारी भूकम्पलगत्तै भारतले ठूलो राहत र साथ–सहयोग दिएपछि पनि भारतविरोधी नेपाली मनस्थिति सेलाइसकेको थिएन । केही भारतीय मिडियाले देखाएको नेपाल–नेपालीको चित्रका कारण विपत्तिमा परेका नेपालीमा स्वभावैले आक्रोश थियो । त्यो बेला ‘ब्याक अफ इन्डियन मिडिया’ भन्दै चर्किएको विरोध सानो थिएन । भूकम्पको घटनालगत्तै तत्कालीन भारतीय राजदूत रञ्जित रे नेपालबारे ब्रिफिङ गर्न दिल्ली पुगेका थिए । दिल्लीको लोककल्याण मार्गको निवासमा भेट हुनासाथ प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो जिज्ञासा थियो, ‘किन उनीहरू हामीलाई मन पराउँदैनन्  ? यही पृष्ठभूमिबाट छिरेर नेपालका लागि पूर्वराजदूत (२००२–२००६) रेले हालै प्रकाशित पुस्तक ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ मा आफूले भेट गरेका नेपालका विभिन्न नेता, प्रशासक र सर्वसाधारणसँगको सम्बन्ध र सन्दर्भलाई उधिनेका छन् । कूटनीतिको लवजभन्दा पनि ठाडो शैलीमा ‘नेपालीले भूगोलको स्वरूपसँग झगडा गर्न नमिल्ने’ भन्दै उनले नेपालका दुई पहिचान भगवान् बुद्ध र सर्वोच्च शिखर सगरमाथासमेत उत्तर–दक्षिणका दुई छिमेकीसँग ‘बाँडिएर बसेको’ उल्लेख गरेका छन् । सगरमाथा चीनसँग र बौद्ध सम्पदाको विशालता भारतसँग ‘सेयर’ भएर बसेको यथार्थलाई नेपाल र नेपालीले आत्मसात् गर्नैपर्ने उनको राय छ । लेखक रेले तत्कालीन उपराष्ट्रपति परमानन्द झाले २००८ जुलाईमा हिन्दीमा ओहोदाको शपथ लिएपछिको (अनावश्यक) विवाद र मधेस–तराईमा हिन्दीको ‘सम्पर्क भाषा’ सम्प्रभुतालाई स्मरण गराएका छन् । समझदारी र बुझाइका कतिपय साना विषयले पनि सम्बन्धको स्वरूपलाई बिगार्ने गरेको उदाहरणमा उनले ऋतिक रोशन, माधुरी दीक्षितका कारण उब्जेको असहज स्थितिसमेत स्मरण गरेका छन् । रेले सन् ७० दशकमा आएको ‘हरेराम हरेकृष्ण’ फिल्मदेखि पशुपतिनाथ–मुक्तिनाथसम्मको धार्मिक आकर्षणको नेपाल चिनारीलाई ‘अद्भुत’ भनेका छन् । उनले भारतीय सेनामा भर्ती हुन गएका गोर्खालीको सराहना गरेका छन् भने भारतमा निम्नकोटिको मजदुरी, भरिया, चौकीदारी गरिरहेका नेपालीको उल्लेख गरेर ‘नेपाली जाति वीर तर बुद्धु’ को बिम्ब सम्झाउन चाहेका छन् । उनले नेपालको मधेस/तराईमा बसिरहेका नेपालीबारे भारतीय समुदायले सही जानकारी राख्नै नसकेको स्विकारेका छन् । लेखकका अनुसार धेरै भारतीयले नेपालको मधेसमा रहेका नेपालीका यादव, महतो, ठाकुर जस्ता थर देखेर र हिन्दी भाषाको पकड देखेर उनीहरू भारतबाटै नेपाल गएका हुन् भन्ठान्ने गरेका छन् । ‘अच्छा तो आप नेपाल कब गए इन्डिया से ?’ भनेर मधेस/तराईका नेपालीलाई सोधिरहने गरेकोबारे आत्मालोचनाको शैलीमा उनले लेखेका छन् । ‘यहाँसम्म कि भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणपछि विदेशमन्त्री सुष्मा स्वराजले जनकपुरका बासिन्दा भारतीय डायस्पोरा सम्बद्ध रहेको भन्दै ट्वीट गरेपछि नेपालको विरोध आउनासाथै स्वराजले माफी मागेकी थिइन् । रेले १९५० को सन्धि, सन्धि–सम्झौता परिमार्जनको सरोकार, नाकाबन्दी, प्रबुद्ध विज्ञ समूह (ईपीजी) को हैसियत र दार्चुला/महाकाली आसपासका घटनाक्रममा नेपालले दिल्लीमा बारम्बार पठाएका कूटनीतिक नोटलाई भने ‘कामचलाउ ढंग’ मा मात्रै सम्बोधन गरेका छन् । उनको पुस्तक नेपालमा गढेको ‘एन्टी–इन्डियन’ मानसिकता, ‘चाइना–कार्ड’ र नेपाली नेताहरूको पीपलपाते चरित्र चित्रण गर्नैमा बढी केन्द्रित छ । रेले नेपाल नीति र मामिलामा दिल्लीले राखेको दोधार र द्विविधा (डिलेमा) बारे कहींकतै केही भन्नै चाहेका छैनन् ।   श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार